Advertisement

कागेश्वरी मनोहरा नगरपालिकामा पछिल्लो २४ घन्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

0 776

Advertisement

२६ जेठ, काठमाडौं । पछिल्लो २४ घन्टामा कागेश्वरी मनोहरा नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १९१२ जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले सामाजिक संजाल मार्फत जानकारी दिनुभएकाे छ ।

दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ २६ गते सम्ममा १९१२ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये १०१० जनाले कोरोनालाइ जितेको जानकारी गराएका छन।उनले कुल संक्रमित मध्ये ८५६ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै हाल सम्म नगरपालिकाका ४६ जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन । उनले हाल होम आइसोलेसनमा ८२० जना रहेको जानकारी गराउदै अस्पतालमा ३६ जना कोरोना संक्रमित भर्ना भएको जानकारी गराएका छन।

नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन।उनले सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा सही तरिकाले मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगरबासीहरुलाई अनुरोध गरेका छन ।

कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?

वडा नं. १ मा पुरूष – ३३ जना महिला – १६ जना
वडा नं. २ मा पुरूष – २७ जना महिला – ८ जना
वडा नं. ३ मा पुरूष – २२ जना महिला – १४ जना
वडा नं. ४ मा पुरूष – ४२ जना महिला – २९ जना
वडा नं. ५ मा पुरूष- ७९ जना महिला- ८६ जना
वडा नं. ६ मा पुरूष- १३८ जना महिला- ११४ जना
वडा नं. ७ मा पुरूष- १८३ जना महिला- १६० जना
वडा नं. ८ मा पुरूष ९८ जना महिला ८७ जना

त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा पुरूष ३८५ जना र महिला ३९१ जना गरि कुल ७७६ जनामा कोरोना पोजेटिभ देखीएकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.