Advertisement

को हुन् सलमान खानको ‘राधे’मा देखिएका साङ्गे ?

0 890

Advertisement

२४ जेठ, एजेन्सी । मानिसको करिअरले कहाँ गएर कुन बेला कसरी मोड लिन्छ थाहा हुँदैन । जीवनमा कल्पनाभन्दा माथि ठानिएको या सोच्दै नसोचेको अवसर पनि आउन सक्छ भन्ने कुराको उदाहरण बनेका छन् लोता अर्थात् साङ्गे सेल्ट्रीम । साङ्गे सलमान खानको चलचित्र राधेको रिलिजसँगै चर्चामा आएका हुन् ।

गत मे १३ इद पर्वको दिन रिलिज भएको बलिउड सुपरस्टार सलमान खानको चलचित्र राधेसँगै चलचित्रमा दायाँ हात बनेर सधैँ उनको वरिपरि रहने व्यक्तिको भूमिकामा सशक्त रूपमा देखिएका छन् साङ्गे । यही चलचित्र र उनले निभाएको भूमिकाका कारण यतिबेला साङ्गेको नेपाल र बलिउड चलचित्रमा क्षेत्रमा चर्चा चुलिएको छ।

साङ्गे भुटानका पूर्व सैनिक अधिकारी र शाही अंगरक्षक हुन् । भुटानी नागरिक शेल्ट्रिमलाई ‘राधे’मा सलमान खान आफैँले रोल दिएका हुन् । राधे टिमलाई सलमान आफैँले फिल्मको लागि शेल्ट्रिमलाई बोलाउन लगाएका थिए । बलिउडका सुपरस्टारसँगको फिल्ममा काम गर्ने मौका पाएकोमा साङ्गे पनि निकै खुसी छन् र, आफूलाई भाग्यमानी ठान्छन् ।

फिजिकल फिटनेसमा अत्यन्त लगाव राख्ने उनले बलिष्ठ पाखुरा र फिट बडीकै कारण राधेमा ‘लोता’को भूमिका पाएको बताइएको छ । हुन त साङ्गेको उद्देश्य अन्तर्राष्ट्रिय स्तरमा फिटनेस प्रतियोगितामार्फत आफ्नो देशलाई चिनाउनु थियो । यही कारण साङ्गेले सन् २०१३ मा सेनाबाट स्वेच्छिक सेवानिवृत्ति लिएका थिए । फिटनेस प्रतियोगिताहरूबाट धेरै पुरस्कार जितिसकेपछि उनले आफ्नो गृहनगरमा जिमखाना सञ्चालन गर्ने निर्णय लिएसँगै अभिनय पनि सुरु गरे । यही क्रममा उनको कुराकानी बलिउड फिल्म निर्माता हैदर खानसँग भयो । फिल्म निर्माता खानले साङ्गेलाई ओटीटी फिल्मका लागि मुम्बई बोलाए । यसै क्रममा उनले दबंग ३ को सेटमा सलमान खानसँग भेट्ने अवसर पाए ।

दबंग ३ को शुटिङमा साङ्गे र सलमान खानबीच करिब एक घण्टा कुराकानी भयो र, सलमानले उनलाई डिनरको अफरसमेत गरेका थिए । उनीहरूबीच फिटनेसका विषयमा मात्र कुराकानी भएको थियो । यो भेटको दुई महिनापछि नै निर्माता हैदर खानले साङ्गेलाई फेरि फोन गरेर भेट्न मुम्बई बोलाएका थिए । तर यो पटक हैदरले आफ्नो लागि नभइ सलमानले उनलाई चलचित्रका लागि दिएको अफरका कारण बोलाएका थिए । यसरी साङ्गेले सलमान खानको राधेमा आवद्ध हुने अवसर पाए ।

यसरी एउटा संघर्षरत भूटानी युवकले बलिउड चलचित्रमा मारेको यो छलाङको खबरले यतिबेला ब्यापकता पाएको छ । फ़िटनेसको दुनियाँमा रमाइरहेका साङ्गेको चर्चा बलिउडमा हुनु त्यो पनि सलमानको समूहमा, कमको कुरा होइन । राधेले साङ्गेको जीवनमा ल्याएको परिवर्तन र वाहवाहीले साङ्गेलाई अन्य वलिउड चलचित्रहरूबाट पनि अफर आउन थालेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.