Advertisement

राष्ट्रिय वाणिज्य बैंकको साढे २ अर्बको ऋणपत्र मंगलबारबाट बिक्री खुला हुने

0 805

Advertisement


२४ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलि (मंगलबार)बाट ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले छ वर्ष अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो।

वार्षिक ८.५० प्रतिशत ब्याजदरको कूल दुई अर्ब ५० करोड रूपैयाँ मूल्य बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गरिने बैंकले जनाएको छ। यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने जानकारी दिइएको छ।

प्रतिकित्ता एक हजार रूपैयाँ दरका कूल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने बैंकले जनाएको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा बिक्री वितरण गरिनेछ। साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ।

छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म ऋणपत्र खरिद गर्न सकिनेछ। यसका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम दुई लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयहरूमार्फत् आवेदन दिन सकिनेछ। साथै, मेरो सेयरमार्फत् पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा रहेको संकेत गर्ने ‘ए प्लस’ रेटिङ प्रदान गरेको छ। नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले ऋणपत्र बिक्री खुला गर्न लागेको हो।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.