Advertisement

जेठ ३ मा फर्कँदा बादलसहितका नेताको अवस्था के हुन्छ ?

0 1,096

Advertisement

२४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले विवादमा बल माधवकुमार नेपालको कोर्टतिर फालिदिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू शर्तसहित जेठ ३ मा फर्कन तयार भएको बताएका छन् । उनले आइतबार साँझ ६ बुँदे एकता प्रस्ताव अघि सार्दै असन्तुष्ट पक्षलाई एक ठाउँमा आउन आह्वान गरेका हुन् ।

शर्तका रूपमा चाहिँ विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्री प्रस्ताव गरेका शेरबहादुर देउवालाई समर्थन गर्दै गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने कुरा अघि सारिएको छ ।

६ बुँदमा के के छ ?

१. नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।

२. मातहतका पार्टी कमिटी र जनसङ्गठनहरू मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

३. सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।

४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ ।

५. यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।

६. नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ ।

ओलीको प्रस्तावबारे झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

ओली पक्षसँग लगातार संवादमा रहेका सुरेन्द्र पाण्डेले पनि यसबारे छलफल गरेरमात्रै धारणा सार्वजनिक गर्ने भनेर पन्छिए ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीको यस प्रस्तावले खनाल–नेपाल समूहका ध्रुवीकरण ल्याउने खतरा बढेको छ ।

खनाल–नेपाल समूहका नेता युवराज ज्ञवालीले आइतबार बिहान मात्रै विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने बताएका थिए ।

स्रोतका अनुसार खनाल–नेपाल समूहका केही नेता यही अडानमा छन् ।

एकतापूर्वको अवस्थामा फर्कनुपर्ने अडान राख्दै निरन्तर संवादमा जुटेका नेताहरूलाई भने ओलीको प्रस्तावले सोच्न बाध्य बनाउने संस्थापन पक्षका नेताहरू बताउँछन् ।

“उहाँहरू जेठ ३ को रटान लगाउँदै आउनुभएको थियो । प्रधानमन्त्रीले फर्किन्छु भनिसक्नु भएको छ त । अब उहाँहरू के गर्नु हुन्छ ? प्रश्न त उतैतिर गयो नि,” ओलीनिकट एक नेता भन्छन् ।

तर, ओलीले सम्पूर्णरूपमा जेठ ३ मा फर्कन्छु भनेका छैनन् ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने बताएकाले उनले स्पष्टैरूपमा माओवादी केन्द्रबाट रहेका २३ जनाको कमिटीलाई स्वीकानुपर्ने शर्त अघि सारेका छन् ।

यसले खनाल–नेपाल समूहका नेताहरूलाई फर्काउनबाट रोक्ने उनीपक्षीय नेताहरूको बुझाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.