Advertisement

कोभिड–१९ विरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

0 654

Advertisement

१३ जेष्ठ, काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिस्ट पार्टीसँग आग्रह गरेका छन् ।

नेपालका प्रमुख राजनीतिक दल र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको भर्चुअल बैठकमा उनले चीनका पार्टीका विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गरेको प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

नेकपा (एमाले)का महासचिव समेत उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । यसअघि चीनले कोभिड–१९ विरुद्ध भेरोसेल खोप आठ लाख मात्रा नेपाललाई अनुदानस्वरुप उपलब्ध गराइसकेको छ ।

‘नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उनले भने, ‘दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`

रासस



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.