Advertisement

बजेटले पुराना ट्याक्सीलाई विद्युतीय बनाउन सुविधा दिनु पर्ने

0 536

Advertisement

१३ जेष्ठ, काठमाडौं । देशभर संचालनमा रहेका पुराना ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा परिमार्जन गर्न सक्ने हो भने वायुप्रदुषण र इन्धन वापतको ठूलो रकम बचाउन सकिने अवस्था देखिन्छ । यसलाई सरकारले आगामी वर्ष २०७८/७९ को बजेटबाट सरल र सहज बनाउनु पर्छ ।

बजेटले कही सुविधा र सवारी साधन मोडिफाई गर्न पाउने (विद्युतीयमा परिमार्जन गर्दाको अवस्था) व्यवस्था गर्ने हो भने यसमा आकर्षण देखिने छ । बजेटले सुविधा दिने हो भने नेपालभर रहेका पुराना ५ हजार ट्याक्सीलाई विद्युतीय बनाउन सक्ने अवस्था रहेको ट्याक्सी व्यवसायीहरु बताउँछन् ।

अहिले चलिरहेका १५/२० वर्ष पुराना सबै ट्याक्सीलाई विद्युतीयमा परिमार्जन गर्न सकिने अवस्था रहेको छ । सरकारले सार्वजनिक सवारी साधनको रुपमा प्रयोगमा आएका गाडीलाई २० वर्षपछि उपत्यकामा चलाउन रोक लगाएको छ । यसरी विद्युतीयमा परिमार्जन गर्ने हो भने, अझै ८ देखि १० वर्ष चलाउन सकिने छ ।

ट्याक्सीको स्वामित भएका चालकलाई विद्युतीयमा परिवर्तन गर्न केही प्रोहोत्साहन दिने हो भने धेरैको ध्यान खिच्न सक्ने देखिन्छ । सरकारले चालु आर्थिक वर्षको बजेटबाट पनि पुराना कारलाई इलेक्ट्रीकमा कन्भर्ट गर्न आवस्यक पाटर्सहरुको आयातमा सून्यदेखि १ प्रतिशत मात्रै भन्सार लिने व्यवस्था गरेको थियो ।

अहिले नेपालमा पुराना कारलाई इलेक्ट्रीकमा कन्भर्ट गर्न विभिन्न क्षेत्रमा इन्जिनियरहरुले काम गरिरहेका छन् । उनिहरुले यसमा केही सफलता समेत प्राप्त गरेका छ ।

‘लाखौं रुपैयाँ खर्चेर ल्याएका गाडी २० वर्षपछि त्यसै फ्याक्ने गरिएको छ । यसलाई इलेक्ट्रीकमा रुपान्तरण गरेको खण्डमा अर्को १० वर्ष विना प्रदुषण चलाउन सकिन्छ’, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले भने ।

पुराना ट्याक्सीलाई इलेक्ट्रीकमा परिमार्जन गर्न चाहिने मुख्य सामाग्री मोटर, व्याट्री र विभिन्न वायरहरु हुन् । गाडीको अन्य पार्टसमा खासै ठूलो परिमार्जनको आवश्यकता पर्दैन ।

सामान्यतया मारुती अल्टो ट्याक्सीलाई इलेक्ट्रीकमा कन्भर्ट गर्दा १९ किलोवाट आवरको व्याट्री प्रयोग गर्नु पर्ने हुन्छ । यसरी प्रयोग गरिने व्याट्रीलाई अगाडि इन्जिन भएको स्थानमा राख्न सकिन्छ । विद्युतीय गाडीमा इन्जिनको आवश्यकता नपर्ने भएकाले उक्त स्थान खाली गरेर व्याट्रीका सेल सुरक्षित तरिकाले राख्न सकिन्छ ।

यसमा रहेको ड्यासबोड, ह्वील, सिट लगायत परिमार्जन गरेर आधुनिक बनाउन सकिन्छ । अहिले कारमा हुने इन्फोटेन्टमेन्ट सिस्टम, रिभर्स क्यामेरा लगायतका फिचरहरु यी पुराना मोडलका कारमा सजिलै हाल्न सकिन्छ ।

यसमा दिइने १९ किलोवाट आवरको व्याट्रीलाई एक पटक फुल चार्ज गर्न ५ घन्टा ३० मिनेट हाराहारी लाग्ने छ । यसरी एक पटकको फुल चार्जमा यसलाई १२० किलोमिटर चलाउन सकिन्छ । यसको टप स्पीड क्षमता ८५ किलोमिटर प्रतिघन्टासम्म रहने छ । उपत्यकामा चलाउन प्रदुषण रहित यस्ता ट्याक्सी निकै उपयोगी हुन्छन् भने चालकले दिनहुँ चार्ज पनि गर्नु पर्दैन ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.