अध्यादेशको उल्लघंन गरेमा एक लाखदेखि पाँच लाखसम्म जरिवाना – जिप्रका काठमाडौँ
१० जेष्ठ, काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षदेखि वा पाँच लाख रुपैयाँ जरिवाना लिने बताएको छ । कोभिड-१९ को संक्रमण तीव्र रुपमा फैलिएकाले रोकथाम तथा नियन्त्रण, निदान र उपचार सम्बन्धी ‘कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको २०७८ अध्यादेश’ जारी गरिसकेको छ ।
अध्यादेश बमोजिम कुनै काम गर्न बाधा अवरोध गरेमा एक वर्ष कैद वा पाँच लाख जरिवानासमेत हुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यादेशको उल्लघंन गरेमा व्यक्तिलाई एक लाख र संस्थाले गरेमा पाँच लाख रूपैयाँ जरिवाना प्रमुख जिल्ला अधिकारीले तत्काल तोक्न सक्नेछन् ।