Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विवादमै रहेको नागरिकता सम्बन्धी अध्यादेश जारी

0 690

Advertisement

०९ जेष्ठ, काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेकाे विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको जनाएको छ ।

विशेषगरी जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन र उसको साथ पाउनकै लागि प्रधानमन्त्रीको दबाबमा मन्त्रिपरिषद्को बैठकले जेठ ६ गते राष्ट्रपतिसमक्ष अध्यादेश पेस गरेको थियो । सरकारले पठाएका विषय जस्ताको त्यस्तै राखेर अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् ।

सरकारले ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने विषय समेटेर अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि समेटिएको छ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधि सभामै विचाराधीन छ । संसद् सञ्चालन हुँदा टुङ्गोमा नपुगेको यो विषयलाई सरकारले अध्यादेशमार्फत कार्यान्वयनमा ल्याएको छ । जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रावधानमा स्वयम् एमाले र माओवादी केन्द्रले आपत्ति जनाएका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.