Advertisement

मोहिनी एकादशीको महत्व।

0 850

Advertisement

०७ जेठ, काठमाडौं । मिति २०७८ साल जेठ ८ गते शनिबार एकादशी तिथी राती २ / ४६ बजेसम्म यो दिन स्मार्तहरूको मोहिनी एकादशी व्रत र ९ गते आईतबार द्वादशी तिथी राती १२/ ३९ बजेसम्म त्यस उप्रान्त त्रयोदशी तिथि भएकोले यो दिन वैष्णवहरूको व्रत हुनाले धर्मराज युधिष्ठिरले सोध्नुभयो कि हे कृष्ण ! वैशाख महिनाको शुक्ल पक्षको एकादशीको नाम के हो तथा त्यसको के कथा छ? यस व्रतको के विधि छ, सो सबै विस्तारपूर्वक बताउनु हवस्। श्रीकृष्ण भन्न थाल्नुभयो हे धर्मराज ! म तपाईसित एउटा कथा भन्दछु, जसलाई महर्षि वशिष्ठले श्री रामचन्द्रसित भन्नु भएको थियो।

एक पटक श्री रामचन्द्रले भन्नु भयो, हे गुरूदेव ! कुनै यस्तो व्रतको बारेमा बताउनु हवस जसबाट समस्त पाप र दु:ख नष्ट होउन। मैले सीताको वियोगमा असाध्यै दु:ख भोगेको छु अत: कुनै व्रतको विधि आज्ञा गर्नुहवस्। महर्षि वशिष्ठले आज्ञा गर्नुभयो, हे राम ! तपाईले अति बहुत सुन्दर प्रश्न गर्नु भएको छ। तपाईको बुद्धि अत्यन्त शुद्ध र पवित्र छ।यद्दपि तपाईको नामको स्मरण गर्नाले मात्र मनुष्य पवित्र र शुद्ध हुन पुग्दछ तथापि तपाईको यो प्रश्न लोकहितका निमित्त अति नै सुन्दर छ। वैशाख मासमा जुन एकादशी पर्दछ त्यसको नाम मोहिनी एकादशी हो।यस एकादशीको व्रत गर्नाले मनुष्य सबै पाप तथा दु:खबाट छुटेर मोह जालबाट मुक्त हुन जान्छ। अत: यो व्रत दु:खी मनुष्यले अवश्य गर्नु पर्दछ। यसबाट मनुष्यका सबै पाप र दु:ख नष्ट हुन्छन्। अब तपाई यस व्रतको कथा ध्यानपूर्वक सुन्नुहवस्। सरस्वती नदीको किनारमा भद्रावती नामक एउटा नगरी थियो, त्यहाँ द्दुतिमान नामक चन्द्रवंशी राजा राज्य गर्दथे। यसै नगरीमा धन-धान्यद्वारा पूर्ण पुण्यवान धनपाल नामक एउटा वैश्य पनि बस्दथ्यो। त्यो अत्यन्त धर्मात्मा एवं विष्णुभक्त थियो।

उसले नगरमा अनेक भोजनालय, धारा, कुवा, सरोवर, धर्मशाला आदि निर्माण गरेको थियो र सडकमा आप, जामुन, नीम आदिका अनेक वृक्ष रोपेको थियो। त्यस वैश्यका पाँच पुत्र थिए – सुमना, सद्बुद्धि, मेधावी, सुकृति र धृष्टबुद्धि। यी मध्ये धृष्टबुद्धि नामको कान्छो छोरो महापापी थियो। ऊ पितृ आदिलाई मान्दैनथ्यो। ऊ वेश्या र दुराचारी मनुष्यको सँगतिमा रहेर जुवा खेल्थ्यो तथा पर-स्त्रिका साथ भोगविलास गर्थ्यो, मासु-मदिराको सेवन गर्थ्यो। अरु -अरु अनेक कुकर्ममा ऊ आफ्ना पिताको धन नष्ट गर्दथ्यो। वेश्याहरूसित अङ्गालो हाली घुमफिर गर्दथ्यो। यिनै कारणले उसका पिता, दाजुभाइ तथा कुटुम्बहरूले उसलाई घरबाट निकाली दिए र उसको निन्दागर्न थाले।

घरबाट निष्काशनपछि ऊ आफ्ना गहना र कपडा बेचेर निर्वाहगर्न थाल्यो। जब संपूर्ण धन नष्ट भयो त्यसपछि वेश्या र दुष्ट संगी-साथीहरूले पनि उसको साथ छोडे। अब ऊ भोक र प्यासबाट अत्यन्त दु:खी हुन थाल्यो र कुनै अर्को सहारा न भेटेर ऊ चोरी गर्न थाल्यो। एक पटक ऊ समातियो तर राज्य कर्मचारीहरूले उसलाई इमानदार वैश्यको छोरो ठानेर थुना मुक्त गरे। तर जब अर्को पटक त्यो पुनः पकडाउ पर्यो, उसलाई राजासमक्ष उपस्थित गराईयो। राजाले उसलाई कारागारमा बन्दराख्ने आदेश दिए। कारागारमा उसले असाध्यै दु:ख पायो र त्यसपछि उसलाई देश निकाला गरीयो। ऊ शहरबाट बाहिरियो र वनमा गयो र वनमा पशु-पक्षीलाई मारेर खान थाल्यो। केही समय पछि ऊ शिकारी बन्यो र धनुष-बाण लिएर पशु-पक्षीलाई मारी-मारी खान थाल्यो। एक दिन ऊ भोक र प्यासबाट आक्रान्त भई आहाराको खोजीमा घुम्दै गर्दा कौडिन्य ऋषिको आश्रममा पुग्यो।

त्यस समय वैशाख महिना चल्दै थियो र कौडिन्य ऋषि गंगा स्नान गरी फर्कदै थिए। उनको भिजेका लुगाको छिँटा पर्नाले उसलाई केही सद्बुद्धि प्राप्त भयो र ऊ मुनिसमक्ष हात जोडेर भन्न थाल्यो – हे मुने ! मैले आफ्नो जीवनमा धेरै ठूला ठूला पापकर्म गरेको छु तपाईले ती पापहरूबाट मुक्ति प्राप्त गर्ने सरल र साधारण अनि धनको अभावमा पनि संपन्नगर्न सकिने उपाय बताउनु हवस्। त्यसका दीन वचन सुनेर ऋषिले भन्नुभयो – तिमी वैशाख शुक्ल एकादशीको व्रत गर। यस एकादशीको नाम मोहिनी हो र यसबाट तिम्रा संपूर्ण पाप नष्ट हुनेछन। मुनिका वचन सुनेर ऊ अत्यन्त प्रसन्न भयो र ऋषिद्वारा बताइएको विधिअनुसार उसले मोहिनी एकादशीको व्रत गर्यो। हे राम! यस व्रतको प्रभावबाट उसका सबै पाप नष्ट भए र अन्तमा ऊ गरुडमा चढेर विष्णुलोक गयो। यस व्रतबाट मोह आदि संपूर्ण बन्धनहरू नष्टहुन पुग्छन। संसारमा यस व्रतभन्दा श्रेष्ठ अन्य कुनै व्रत छैन। यसको माहात्म्य पढ्दा अथवा सुन्दा एक हजार गाईदान गरेको फल प्राप्त हुनेछ।

पं-बालमुकुन्द देबकोटा

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.