Advertisement

काेराेना भाइरस संक्रमणबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र भारत भएकाे छ, बेलायत सामान्यतर्फ फर्कदै, अरूकाे अवस्था के छ ?

0 419

Advertisement

०४ जेष्ठ, काठमाडाैँ । काेराेनाबाट विश्वमा सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र भारत भएकाे छ । पछिल्लाे २४ घण्टामा मात्र त्यहाँ भाइरस संक्रमणकाे चपेटामा ४ हजार ३४० जना परेका छन् । याेसहित कुल ज्यान गुमाउनेकाे संख्या २ लाख ७८ हजार ७५१ पुगेकाे छ । नयाँ संक्रमण २ लाख ६३ हजार ४५ जनामा देखिएकाे छ भने कुल संक्रमितकाे संख्या २५ कराेड २२ लाख ७ हजार ७० पुगेकाे छ । तर संख्यात्मक रूपमा हेर्ने हाे भने भारत अमेरिका र ब्राजिल पछिकाे तेस्राे बढी मृत्यु भएकाे देश हाे ।

उता ब्राजिल अर्काे सबैभन्दा मृत्यु भएकाे देश भएकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ ७१४ काे मृत्यु भएकाे छ । २९ हजार ९१६ जना नयाँ संक्रमित थपिएका छन् भने कुल संक्रमितकाे संख्या १ कराेड ५६ लाख ५७ हजार ३९१ पुगेकाे छ । अर्जेन्टिना र काेलम्बीयमामा पनि पछिल्लाे दिनमा मृत्यु हुनेकाे संख्या ५ सय नाघेकाे छ ।

यस्तै अमेरिका, फ्रान्स, टर्की, रसिया, इटली, स्पेन, जर्मनी पाेल्याण्ड, इरान, मेक्सीकाे, यूक्रेन, इन्डाेनेशियाजस्ता देशहरूकाे अवस्थामा परिवर्तन देखिँदै गएकाे वर्ल्डाेमिटर्स डट काेराेनाभाइरसकाे तथ्यांकले देखाउँछ । त्यहाँ पछिल्ला दिनहरूमा मृतक र संक्रमितकाे अवस्थामा सुधार देखिएकाे छ । तर चीन जहाँबाट भाइरसकाे उदय भयाे त्यहाँकाे अवस्था एकदमै सामान्य भइसकेकाे छ । मृतक र संक्रमणकाे संख्या हेर्ने हाे भनेपनि नेपालले उसलाई उछिनेकाे छ ।

पछिल्ला काेराेना कहरका देशहरू क्रमिक सुधारकाे लयमा फर्कँदैगर्दा अन्य सहरहरूमा प्रकाेपले तबाही मच्चाएकाे छ । भारतसँगकाे खुला सीमाका कारणपनि नेपालमा संक्रमणकाे जाेखिम दिनकै चुलिएकाे छ । पछिल्लाे २४ घण्टामा मात्र देशमा २१४* जनाकाे भाइरसका कारण ज्यान गएकाे छ । योसँगै कुल मृतकको संख्या ५ हजार २१५ पुगेको छ । कुल संक्रमितकाे संख्या ४ लाख ६४ हजार २१८ पुगिसकेकाे छ । ३ लाख ४५ हजार ५२३ ले भने स्वास्थ्य लाभ गरेका छन् । देशमा पछिल्ला दिनमा १० हजारकाे हाराहारीमा संक्रमण र २०० काे छेउछाउमा मृत्यु भइरहेकाे छ, जुन एकदमै भयानक छ ।

मन्त्रालयका अनुसार देशभरमा १ लाख १३ हजार ४८० सक्रिय संक्रमित रहेका छन् भने ७०८ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ । मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार २५९ को आइसियूमा र ४०० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ६ हजार ५१० र संस्थागत आइसोलेशनमा रहनेको संख्या ६ हजार ९७० छ । पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा चेन ब्रेक गर्न देश निषेधाज्ञामा छ ।

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २०-२९, ३०-३९ वर्ष, ४०-४९ र ५०-५९ वर्ष समूहमा सबैभन्दा बढी काेराेना संक्रमण देखाएको छ । तथ्यांकनुसार अहिलेसम्मका ५ हजार १ मृतकमध्ये नेपालमा मृत्यु भएकाहरूमा सबैभन्दा बढी सङ्ख्या ५० देखि ७९ वर्षका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी ५८० जना ७०-७४ वर्षका व्यक्ति छन् भने, ६५-६९ वर्षका ५३६ एवम् ६०-६४ वर्षका ५२६ जना छन् ।

५०-५४ वर्षका ४३९, ५५-५९ वर्षका ४७३ र ७५-७९ वर्षका ४७९ जनाको मृत्यु भएको छ । १९ वर्षभन्दा मुनिका ५६ जनाको मृत्यु भएको छ जुनमध्ये २० जना चार वर्षसम्मका बालबालिका छन् । तीमध्ये नौ जना एक वर्षभन्दा कम उमेरका शिशु छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.