Advertisement

एमाले नेता पशुपति चाैलागाईंको कोरोनाका कारण निधन

0 560

Advertisement

२९ बैशाख, काठमाडौं । कोभिड संक्रमित नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ । एमाले नेता योगेश भट्टराईले उहाँको मृत्युको पुष्टि गर्नुभएको छ ।

केही दिनदेखि मनमोहन अस्पतालमा कोभिडको उपचार गराइरहनुभएका चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

२०२० साल फागुन ५ गते जन्मिएका चौलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष हुनुभएको थियो । २०३७ देखि २०४७ सम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापतिसमेत हुनुभएको थियो ।

२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जित्नुभएका उहाँ २०६३/६४ को अन्तरिम व्यवस्थापिका सांसद बन्नुभएको थियो । त्यस्तै उहाँ २०७०/७४ मा संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

चौलागाईंका श्रीमतीसहित तीन सन्तान छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.