जल तथा माैसम विज्ञान विभागका अनुसार माैसम जानकारी
२९ वैशाख, काठमाडौं । २०७८ बैशाख २९ गते (बुधबार), जल तथा माैसम विज्ञान विभागका अनुसार माैसम यस्ताे छः
दिउँसो : देशको पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश,गण्डकी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशका अधिकांश भू-भागहरुमा सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका तराइका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ ।