चेन्नईका तीन सदस्यलाई कोरोना भाइरसको संक्रमण
२१ बैशाख, काठमाडौँ । आईपीएल टी-ट्वान्टीको क्रिकेट टिम चेन्नई सुपर किङ्सका तीन सदस्य कोरोना भाईरसबाट संक्रमित भएका छन् ।
पछिल्लो पटक गरिएको परिक्षणमा तीन सदस्यलाई कोरोना देखिएको हो । तर, कोरोना देखिएका खेलाडी हैनन् ।
कोरोना देखिनेमा प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।