Advertisement

हेटौँडासहित चार स्थानीय तहमा निषेधाज्ञा जारी

0 250

Advertisement

१९ वैशाख, हेटौँडा । मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

हेटौँडा उपमहानगरपालिकासहित जिल्लाको चार वटा स्थानीय तहमा आइतबार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएकाे हाे ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारीद्वारा शनिबार निषेधाज्ञा जारी गर्दै हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू हुने जनाइएको छ ।
ती तीन स्थानीय तहसहित मनहरी गाउँपालिकाको पूर्व–पश्चिम (महेन्द्र राजमार्ग) को दायाँ–बायाँ पाँच–पाँच सय मिटरको क्षेत्रमा औषधि उपचार, खाद्य वस्तु, अत्यावश्यक वस्तु खरिद गर्न नजिकको पायक पर्ने स्थानमा कुनै पनि व्यक्ति घर बाहिर जान र निस्कन र हिँडडुल गर्न नपाइने भएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिश जिल्ला सुरक्षा समिति मकवानपुरको शनिबारको निर्णयको आधारमा निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकोले निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँका अनुसार अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा र तरकारी बिक्री वितरण गर्ने पसल निषेधात्रा अवधिमा विहान ५ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । औषधी पसल, पेट्रोल पम्प, ग्यास डिपो, अक्सिजन सिलिण्डर, सवारी साधन मर्मत गर्ने वर्कसपनियमित सञ्चालन गर्नुपर्ने र अन्य सबै प्रकाशका व्यवसाय बन्द रहने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा निषेधाज्ञामा एम्बुलेन्स, विरामी बोकेको गाडी, खाद्य बस्तु, दूध, तरकारी, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीको दाना बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, जिल्ला प्रशासन कार्यालयहरुबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनैपनि प्रकारको सार्वजनिक एवं निजी सवारीका साधनहरु सञ्चालनमा रोक लगाएको उल्लेख छ ।

अन्य जिल्लाबाट आएका पूर्व–पश्चिम राजमार्ग भइ जाने लामो दुरीका सवारी साधन, मालवाहन सावरीका साधनहरु तथा निर्माण सामग्री ढुवानीका साधनहरु यस जिल्लामा नरोकिने गरी आवतजावत गर्न पाइने भएको छ ।
अत्यावश्यक सरकारी सेवाहरुका एक तिहाइ कर्मचारीको व्यवस्थापन गरी आोपालो प्रणालीबाट सञ्चालन गर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.