Advertisement

सरकारले संक्रमितको उपचार गर्न नसक्ने बताएपछि बोल्यो चिकित्सक संघकाे गम्भीर ध्यानाकर्षण

0 466

Advertisement

१८ वैशाख, काठमाडौं । सरकारले अस्पतालमा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने अवस्था आएको बताएपछि नेपाल चिकित्सक संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाली जनताको स्वास्थ्यको जिम्मेवारी नेपाल सरकारको नै भएको हुँदा कोभिडको महामारीमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय आफ्नाे दायित्वबाट पन्छिन नमिल्ने नेपाल चिकित्सक संघको ठहर छ’, संघका अध्यक्ष लोचन कार्की र महासचिव बद्री रिजालले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महामारीको संक्रमण बढदै गईरहेको शुरुकै अवस्थामा श्रोत साधनहरुको राम्रो व्यवस्थापन गरी महामारी संग जुध्न सीमित संख्यामा रहेका अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमा नै दिई सुरक्षित बनाई तदारुकताका साथ अगाडि बढनु आजको आवश्यकता हो ।’

संघले संक्रमितहरुको उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु स्वयम् नै संक्रमित हुँदै गईरहेको भन्दै उनीहरुको उद्धार, उपचार र व्यवस्थापन गरी महामारीको अन्त्य सम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित ब्यवस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । संघले यस महामारीको रोकथाम तथा उपचारका लागि विगतमा झै आवश्यक सहयोग र सहकार्य गर्न आफूहरु तयार रहेको पनि स्पष्ट पारेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.