Advertisement

उज्यालो नेटवर्क डटकमका उपसम्पादक पक्राउ

0 541

Advertisement

१२ बैशाख, काठमाडौं । उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङ पक्राउ परेका छन्। नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयबाटै तामाङलाई पक्राउ गरेको हो।

समाचार कक्षमा काम गरिरहेका बेला उनलाई पक्राउ गरिएको हो। उज्यालो नेटवर्कका सम्पादक विवेक लोप्चनको मोबाइल पनि प्रहरीले खोसेको छ।

विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ।

उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच ४ बुँदे सहमति भएकोबारे समाचार प्रकाशन गरेको थियो ।

प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.