Advertisement

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

0 606

Advertisement

१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्ने कारबाही गर्नुपर्ने बताएका हुन् ।

सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए । सम्बन्धित मन्त्रालय र सीसीएमसीका अधिकारीहरुको ब्रिफिङपछि ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले थप के–के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीले छलफल गरेर मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिनुभएको छ ।

ैठकमासीसीएमसीको निर्देशक समितिमा आवद्ध मन्त्री तथा सचिवहरूको सहभागिता थियो । त्यहाँ कोरोनाको जोखिम, यसमा भइरहेका प्रयासहरु, सरकारले भोगिरहनुपरेका समस्याबारे कर्मचारीका तर्फबाट प्रस्तुती गरिएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.