Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कोलकाताले दियो राजस्थानलाई १३४ रनको लक्ष्य

0 169

१२ बैशाख, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सले दोस्रो जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हरायो । कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ ।

शनिबार वान्खाडे क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनायो । कोलकाताका लागि राहुल त्रिपाठीले सर्वाधिक ३६ रनको योगदान गरे । २६ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे ।

त्यस्तै, दिनेश कार्तिकले २५, नितिस रानाले २२ रन बनाउँदा प्याट कमिन्सले १० रन जोडे । कोलकाताका चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ राजस्थानका लागि क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव उण्डाखण्ड, चेतन साकारीय र मुस्ताफिजुर रहमानले समान एक/एक विकेट लिए ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.