Advertisement

‘एशियाकै ३० सर्वाधिक प्रभावशाली युवा’ को सूचीमा गौरिका सिंह

0 990

Advertisement

०७ बैशाख, काठमाडौं । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा छानिएकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ ।

फोर्बस थट्टी अन्डर थट्टी एशिया २०२१ मा गौरिकाको योगदान र प्रतिभाबारे वर्णन गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको छ । उनी १२ वर्षको उमेरदेखि नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी छिन् । २०१९ को दक्षिण एशियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ काँस्य पदक जित्न सफल भइन् ।

२०१६ को रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडी थिइन् । उनी २०२० को टोकिया ओलम्पिकमा छनोट भएकी छिन् । यो खेल २०२१ का लागि सरेको छ ।
खेलका अलावा गौरिका सिंह सामाजिक कार्यमा पनि सक्रिय छिन् । उनी माइती नेपाल र शान्ति एजुकेशन इनिटिएटिमको गुडविल एम्बेसेडर पनि हुन् ।

गौरिका नेपालको खेल इतिहासमा एउटै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सबैभन्दा बढी स्वर्ण जित्ने एकमात्र खेलाडी हुन् । उनी दक्षिण एशियाली खेलकुदमा सबैभन्दा बढी पदक जित्ने खेलाडीको सूचीमा पनि छिन् । बेलायतमा बस्दै आएकी गौरिका ओलम्पिकको तयारीमा छिन् ।

https://www.forbes.com/profile/gaurika-singh/?list=30under30-asia-youngest&sh=4979dc1c1426

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.