Advertisement

रामनवमीव्रतको धार्मिक महत्व!

0 1,295

Advertisement

०७ बैशाख, काठमाडौं । मिति २०७८ साल बैशाख ८ गते बुधबार चैत्रशुल्कपक्ष रामनवमी भएको हुनाले रामनवमीव्रत हामीहरुले बुझ्नु जरुरि छ। नवमी चाष्टमी विद्धा त्याज्या विष्णु परायणै उपोषणं नवम्यां च दशम्यां चैव पारणम्।।अगस्त्य संहिता।

अर्थात् मध्यान्ह व्यापिनी नवमी तिथिमा श्रीरामचन्द्रको जन्म भएकोले सोही अनुसार उपवास बस्नु पर्दछ। हुनसक्छ अष्टमी बितेर अगिल्ला दिन पनि मध्यान्ह व्यापिनी नवमी र अर्को दिन पनि मध्यान्ह व्यापिनी भए दोस्रो दिनको मध्यान्ह व्यापिनी नवमी उपासना गर्नुपर्दछ। दुवै दिन मध्यान्ह व्यापिनी नवमी तिथि छैनभने अष्टमी विद्धा नवमी निषेध गरिएकाले दोस्रो दिनको नवमी उपवास गर्नुपर्दछ। जुन भगवान् विष्णुका उपासकहरुहुन् ,तिनीहरुले अष्टमी विद्धा नवमी उपासना नगरी केवल नवमीमा नै उपासना वस्नुपर्छ र दशमीका दिन पारायण गर्नुपर्दछ ,यसमा शंका छैन ।

अगस्त्य ऋषिले सुतीक्ष्ण मुनिलाई बताउनु भएको महात्म्य :-

“एवं य कुरुते भक्त्या श्रीरामनवमिव्रतम्।
अनेकजन्मराशीनि पापानि सुबहून्यपि।।
भस्मीभवन्त्यशेषेण याति विष्णो : परम्पदम्।
सर्वेषामप्ययं धर्मो भुक्तिमुक्त्यैकसाधनम्”।।

अर्थात् जो मनुष्य भक्तिपूर्वक रामनवमीको व्रत गर्दछ भने त्यसका अनेक जन्ममा गरेका पापहरु धेरै हुन तापनि ती सम्पूर्ण पाप भष्म {खरानी} हुन्छन्। त्यो मनुष्य विष्णुलोकमा प्राप्त हुन्छ।यो व्रत सम्पूर्ण वर्ण ब्राह्मण,क्षत्रिय ,वैश्य ,शुद्रको भुक्ति – मुक्तिदिने भएको छ, चारै वर्णले यो व्रत गर्नु हुन्छ। जसले रामनवमीको व्रत विधिपूर्वक गर्ने पुरुष रामचन्द्र नै हो। त्यसलाई रामचन्द्र सरह पूजा गरिन्छ। यो दिन हरिको दिन भएकोले भोजन गर्नुहुँदैन।

जसले यो दिन भोजन गर्नेगर्दछ भने त्यो मान्छे

“यस्तु रामनवम्यां तु भुङ्क्ते स हि नराधम :/
कुम्भीपाकेषु घोरेषु पतत्येव न संशय :”//

अर्थात् जो मनुष्य रामनवमीका दिन भोजन गर्दछ भने त्यो अधम मनुष्य हो,त्यो मरेपछि घोर कुम्भिपाक नाउँ गरेको नरकमा पर्छ यसमा सन्देह छैन। फेरि जसले यो व्रत गर्दैन भने त्यसले गरेको अरु व्रतको फल पनि प्राप्त हुँदैन। रामनवमीको व्रत गर्नेले चैत्र महीनाको शुक्ल अष्टमीका दिन जितेन्द्रिय {इन्द्रियहरुलाई जितेर }दन्तधावन तथा प्रात :स्नान नदि, तलाउ, कुवा वा आफ्नो घरको ट्यांकीको धारोमा गएर श्रीरामको मूर्ति र राम नामलाई स्मरणगरी गर्नुपर्दछ। त्यसपछि कुशको औंठी धारणगरी टिका लगाई रामलाई स्मरण गर्दै सन्ध्यावादन सकेर रामको भक्त भएको {वैष्णव } वेदशास्त्र जान्ने उत्तम ब्राह्मणलाई निमन्त्रणगरी आफैंले स्नान गराएर उहाँलाई साक्षात रामचन्द्र सम्झेर तेल लगाइ सात्विकवस्त्र {सेतो कपडा },चन्दन ,फूल- माला पैर्याई पूजा अर्चनागरेर सात्विक अन्नले भोजन गराई आफूले पनि भोजन गर्नुपदछ। रातमा यो मनलाई रामचन्द्रमा लगाई भूमिमा सुत्नुपर्दछ ।

रामनवमीको दिन प्रात :कालमा {बिहान ४ बजे }उठेर हातलाई नमस्कारगर्दै पृथ्वी मातालाई ढोगी आफ्नो नित्यकर्म सकेर मनलाई निर्मल {काम, क्रोध, लोभ, मद, माश्चर्य} बनाएर विद्वान ब्राह्मणद्वारा आफ्नो घरको उत्तर भागमा चार ढोका भएको मण्डप तयार गरेर केराको खम्बा गाडेर तोरण, माला टाँगेर पूर्व ढोकामा शंख ,चक्र र हनुमानको मूर्ति बनाएर राख्नुपर्दछ। त्यसैगरी पश्चिम ढोकामा गदा खेटकहरुले, उत्तर ढोकामा पद्म,स्वस्तिक, नीलहरुले र दक्षिण ढोकामा गरुड, शार्ङ्गबाण राखेर सजाउनु पर्द। त्यसपछि मण्डपभित्र चार हात लामू चौतर्फी भएको बेदि बनाई त्यसमा सर्वतोभद्र लेखि त्यसको माझमा तीर्थको जल हालेको कलश स्थापनागरी तामाको थालीमा षट्कोण बनाई सकिन्छ सुनको नभए चाँदी वा तामाको रामकोसुन्दर मूर्ति स्थापन गर्नकोलागि सिंहासन तयारागरी त्यसमाथि सुन, चाँदी, तामा आफुले के सकिन्छ दाहिने हातले ज्ञानमुद्रा र बायाँ हातले सीताजीलाई अंकमाल गर्नुभएको रामचन्द्र सहित सीताको मूर्ति राखेर ब्राह्मणद्वारा पुरुष सुक्त पाठ गर्दै षोडशोपचार{आवाहनासन, पाद्दं, अर्घ्यं, आचमनियम, स्नान, वस्त्र, जनै , चन्दन , फूल अर्पण , धूप ,दीप , नैवेद्द , सुपारी, आरती , प्रदक्षिणा र नमस्कार वा दण्डवत }

“तारकं ब्रह्म चेत्युक्तं तेन पूजा प्रशस्यते “

अर्थात् “श्रीराम राम राम”यो तारक मन्त्रले पूजा अर्चनागरी तुलसी अर्पणगरी बसेर राति जागरण बस्दै भजन – किर्तन र पूजागरी भक्तिभावकासाथ रात – दिन बिताउनु पर्दछ। भोलिपल्ट दशमीको दिन आफुले प्रात:कर्म सकेर रामचन्द्रलाई स्नान गराई विधिवत पूजागरेर अग्निकुण्ड निर्माणगरी हवन गर्नुपर्दछ ।

त्यसपछि त्यो रामचन्द्र सहित सीताको मूर्ती ब्राह्मणलाई दानदिइ भोजनगराई दक्षिणा दिएर बिदा जसले गर्दछभने त्यो मनुष्य ब्रह्महत्यादि गरिएका पापदेखि पनि मुक्त भै अनेक जन्मदेखिको पाप नष्ट भएर यिह लोकमा सुख सम्पत्ति प्राप्त गरेर वैकुण्ठ लोकमा गएर मोक्षगति प्राप्त गर्दछ।जसले रामनवमीको दिन रामको नाम ,व्रत ,दान ,धर्म गर्दैन भने त्यो मनुष्य कुम्भिपाक र रौरव नरकमा पर्दछ।त्यसैले सवैले यो दिन अवस्य आलस्य नगरी रामको नाम जप्दै व्रत , दान ,धर्म गर्नु जिवकोलागी कल्याण हुने छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.