Advertisement

फेरि गृहमन्त्री बने रामबहादुर थापा

0 836

Advertisement

०५ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन्। नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । गृहमन्त्री भएका थापालाई आज साँझ सपथ खुवाउने कार्यक्रम छ।

गृहमन्त्री थापा आजै राष्ट्रियसभा सदस्यबाट मुक्त भएका थिए । कुनै पनि व्यक्ति सांसद पदमा नरहे पनि छ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक प्रावधान छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको थियो ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उनलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेका थिए। सोही अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज स्वीकृत गरेका थिए।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले नेकपालाई पहिल्यकै अवस्थामा ब्युँउत्याइदिएपछि एमाले र माओवादी केन्द्र अलग अलग दल भएका छन्। दुवै पार्टीले दल त्याग गर्ने आफ्ना सांसदहरुलाई कारबाही अघि बढाएका छन्। यद्देपी यसको मारमा बादल परेपनि नेकपा अध्यक्ष ओलीले उनलाई पुन: गृहमन्त्रीकै जिम्मेवारी दिएका हुन्।

याे पनि हेर्नुहाेस्

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुनःशपथ लिदै



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.