Advertisement

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुनःशपथ लिदै

1 295

Advertisement

०५ बैशाख, काठमाडौं । राष्ट्रिय सभाको सांसदबाट हटाएका गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुन गृहमन्त्रीमा सिफारिस भएका छन् । उनलाई प्रधानमन्त्रीले पुनः सोही मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

राष्ट्रपति विद्या भण्डारीले आज साँझ ५ बजे शितल निवासमा उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

गृहमन्त्री बादललाई नेकपा (माओवादी केन्द्र) ले कारवाही गरेपछि उहाँ राष्ट्रिय सभा सदस्यबाट पदमुक्त हुनुभएको थियो ।

संविधानको व्यवस्थाअनुसार उहाँलाई प्रधानमन्त्री अ‍ोलीले पुनः सोही पदमा नियुक्त गर्नुभएपछि उहाँ आज पुनः सोही पदमा शपथ खाँदै हुनुहुन्छ । माओवादी केन्द्रले संसद सचिवालयलाई पदबाट मुक्त गरेको लिखित पत्र दिएको थियो ।

यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभाका चार जना सदस्यलाई कारवाही गरेको थियो । नेताहरु नेकपा (एमाले) मा प्रवेश गर्नुभएपछि सो दलले कारवाही गरेको थियो । उहाँहरु यसअघि नै पद तथा गोपनीयताको शपथ खाइसक्नुभएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
1 Comment
  1. […] गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुन… […]

Leave A Reply

Your email address will not be published.