Advertisement

औडीले डेब्यु गरायो आफ्नो सबैभन्दा सस्तो विद्युतीय कार

0 447

Advertisement

०५ बैशाख, सीएनएन । औडीले बुधबार आफ्नो सबैभन्दा सस्तो विद्युतीय कारको मोडल, नयाँ ‘क्युफोर इ–ट्रन इलेक्ट्रिक एसयुभी’ सार्वजनिक गरेको छ । यसको मूल्य ४५ हजार डलरबाट सुरु हुने बताइएको छ ।

अमेरिकाको ट्याक्स क्रेडिट अन्र्तगत यसको सस्तो भर्जनको कूल ३७ हजार ५०० डलर पर्न सक्ने बताइएको छ । यो भनेको टेस्लाको ‘मोडल ३ सेडान’ भन्दा केही थोरै मूल्य हो र टेस्लाकै ‘मोडल वाइ एसयुभी’ भन्दा चाहिँ धेरै सस्तो हो । पछिल्लो समय थुप्रै लक्जरी विद्युतीय कारहरु बजारमा प्रवेश गरिरहेका छन् । तर ती मध्येमा पनि क्युफोर को मूल्य जतिमा एकदम थोरै मात्र उपलब्ध छन् । यसको मूल्य फोर्ड मुस्ताङ मेक–इ समान रहेको छ ।

औडीले आफ्ना नयाँ एसयुभीको महङ्गा भर्जनको मूल्यबारे भने खुलासा गरेको छैन । यसबारे विस्तृत जानकारी ‘क्युफोर इ–ट्रन’ वर्षको अन्त्यसम्म विक्रीमा गएपछि मात्र सार्वजानिक गरिने बताइएको छ ।

क्युफोर इ–ट्रन गाडीमा ‘अल–ह्वील ड्राइभ’ नभएर ‘रियर–ह्वील ड्राइभ’ हुनेछ । महङ्गा भर्जनमा मात्र अल–ह्वील ड्राइभ राखिनेछ ।

त्यस्तै कम महङ्गा मोडल एकपटकको चार्ज पछि ४०२.३३ किलोमिटर सम्म यात्रा गर्न सक्ने ब्रान्डले जनाएको छ । यो मोडलको विद्युतीय मोटरले अधिकतम ‘२०१ हर्सपावर सम्मको आउटपुट’ ऊर्जा दिन सक्नेछ । महङ्गा भर्जनमा चाहिँ विद्युतीय मोटर अगाडि र पछाडि दुवैतर्फ हुनेछ र २९५ हर्सपावरसम्मको ऊर्जा उत्पादन गर्न सक्ने बताइएको छ ।

क्युफोर इ–ट्रन गाडी दुई फरक आकारमा उपलब्ध हुनेछ । एउटा नियमित ‘क्रसओभर एययुभी’ र अर्को चाहिँ ‘स्पोर्टब्याक’ भर्जनमा । स्पोर्टब्याक अल–ह्वील–ड्राइभमा मात्र उपलब्ध हुनेछ र यसको आकृतिले ‘एरोडाइनामिक्स’ मा पनि केही सुधार ल्याउने बताइएको छ ।

बाहिरबाट हेर्दा क्युफोर इ–ट्रन औडीकै अर्को मोडल, ‘क्युथ्री’ भन्दा केही ठूलो देखिनेछ । तर यसको भित्री ठाउँ चाहिँ ठूलो औडी क्यु५ जत्तिकै भव्य रहेको छ । ग्यासबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीहरुमा केही ठूलै ठाउँ हुने गर्दछ ।

‘टचस्क्रिन र डिजिटल डिस्प्ले’ बाहेक क्युफोर इ–ट्रनमा वैकल्पिक एआर डिस्प्ले पनि प्रदान गरिनेछ । त्यसबाट सडक र बाहिरी दृश्य वास्तविक दुनियाँ जस्तै हुबहु देख्न सकिनेछ । अन्य साधारण गाडी भन्दा फरक क्युफोर इ–ट्रनका चालकले दिउँसोको समयमा चार फरक प्याटर्नका लाइटहरु छनोट गर्न पाउनेछन् । औडीको यो नयाँ मोडल विद्युतीय कार बजारमा प्रमुख प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.