Advertisement

मुक्तिनाथ बैंकका ग्राहकहरूलाई ‘द फर्न रेसिडेन्सी होटल’मा विशेष छुट

0 913

Advertisement

०३ बैशाख, काठमाडौं । मुक्तिनाथ बैंकका ग्राहकहरूलले द फर्न रेसिडेन्सी, होटल चितवनमा विशेष छुट पाउनेभएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन होटल चितवन प्रालि (द फर्न रेसिडेन्सी)सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको हो ।

यो सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले होटल चितवन प्रालिबाट सञ्चालित भरतपुरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाइ र खाना तथा परिकारहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६१ करोड ५५ लाख ७३ हजार पाँच सय दुुई रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४७ करोड २५ लाख १२ हजार ५७ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी चार अर्ब ८१ करोड १५ लाख ५० हजार आठ सय तीन रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ७४ अर्ब ८७ करोड २० लाख ४६ हजार पाँच सय ७१ रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब २७ करोड ४० लाख ४१ हजार तीन सय रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा एक अर्ब १६ करोड २४ लाख ३८ हजार आठ सय ४७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यस अवधिमा चार दशमलव ९९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ५२ करोड ५५ लाख १० हजार एक सय सात रुपैयाँ रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने ५७ अर्ब ३१ करोड आठ लाख ६२ हजार सात सय एक रुपैयाँ निक्षेपं संकलन गरी ४७ अर्ब ६६ करोड नौ लाख चार हजार छ सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब नौ करोड ८७ लाख ४९ हजार छ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ६६ प्रतिशत रहेको थियो ।facebook sharing button



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.