Advertisement

२ करोड ३७ लाख रुपैयाँको मुद्दा जिते अनिलकेशरी शाहले

0 972

Advertisement

०२ बैशाख, काठमाडौँ । नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले २ करोड २७ लाख रुपैयाँको मुद्दा जितेका छन्।

मेगा बैँकको प्रमोटर शेयर र साधारण शेयरको हक हस्तान्तरण सम्बन्धी मुद्दामा शाहले नयाँ पत्रिकाका सञ्चालक मध्येका एक एवं पूर्व एमाले सांसद दुमन थापाबाट दुई करोड २७ लाख चार हजार चार सय ९५ रुपैयाँ क्षतिपूर्ति पाउने गरी मुद्दा जितेका हुन्।

थापा २०६४ सालको चुनावमा अर्घाखाँची २ बाट निर्वाचित भएका थिए। थापाले २०६६ साल माघ २८ गते शाहसँग मेगा बैंकको १ लाख १८ हजार ५४४ कित्ता प्रमोटर शेयर र ४४ हजार १५७ कित्ता साधरण शेयर पाउने करार गरी एक करोड नगद बुझाएका थिए।

थापासँग शेयर पाउने करार गरेपछि त्यस बेला नविल बैंकमै सिईओ रहेका शाह मेगा बैंकको प्रमुख कार्यकारी बने। त्यस बेला स्थापित बैंकको प्रमुख पद छाडेर शाह भर्खर स्थापना भएको बैंकको सिईओ बन्न किन गए भन्ने चासो बैकिङ क्षेत्रमा थियो।

तत्कालीन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ अुनसार पाँच वर्षपछि मात्रै प्रमोटर शेयर हक हस्तान्तरण गर्न मिल्ने हुँदा उक्त समय कटेपछि थापाले शाहलाई दिने उनीहरुबीच भएको करारमा उल्लेख छ। तर थापाले करारअनुसार शाहलाई दिनुपर्ने शेयर पाँच वर्षपछि दिएनन्। उनले थापासँग भएको करार बमोजिम शेयर पाउँ भनि मेगा बैँकको सञ्चालक समितिमा निवेदन दिए।

तर करार बमोजिम अदालतबाट हक कायम गरेर ल्याउनु भन्दै सञ्चालक समितिले २०७६ को वैशाखमा फर्काइ दियो। त्यसपछि शाहले करारअनुसार पाउनु पर्ने शेयर पाउँ भन्दै काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामाथि सुनुववाइ गर्दै न्यायाधीश पर्शुराम भट्टराईको इजलासले हालको बजार मूल्यका आधारमा दुई करोड २७ लाख क्षतिपूर्ति तिनुपर्ने फैसला गरेको हो । त्यसमा शाहले बोनस बापत लिएको ९ लाख रुपैयाँ कट्टा गरिएको छ।

शाहले जिल्ला अदालत काठमाडौँ दायर गरेको फिराद पत्रमा थापाले शेयर बिक्री गर्छु भनेर नगद लिएको तर नामसारी नगरी बेइमान गरेको उल्लेख गरेका छन्।

२०६७ साल साउनदेखि सञ्चालनमा आएको मेगा बैंकमा थापाले १ करोड ९० लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको र उक्त रकम जुटाउन नसकेपछि पछि शेयर हस्तान्तरण गरिदिने शर्तमा आफूसँग १ करोड लिएको शाहले दाबी गरेका छन् । न्यायाधीश भट्टराईको इजलासले थापाले करारको उल्लंघन गरी पूरा गर्नुपर्ने दायित्व वहन नगरेको ठहर गगरेको छ।

फैसलामा लेखिएको छ, ‘वादी दावी बमोजिम फिराद दायर गर्दा सम्मको संस्थापक शेयर १,१८,५४४ तथा सर्वसाधारण तर्फको ४४,१५७ कित्ता शेयर तथा फिराद दायर भएपछि जारी भई वितरण भएको शेयर समेत असुल उपर हुँदाका बखतमा अर्थात त्यस समयमा नेपाल स्टक एक्सचेन्ज प्रा।लि।

बाट कारोबार भएको मुल्याङ्कनको आधारमा हिसाब गरी तथा फिराद पत्र दायर गरेपछि बैंकबाट वितरण भएको उक्त शेयर नगद लाभांश समेत यस अगाडि फिरादीले बुझी लिएको रु ९,००,०००र( कट्टा गरी बाँकी हुन आउने रकम मिति २०६६र१०र२८ को सम्झौताको ४ नं. बमोजिम तथा मुलुकी देवानी संहिता, २०७४ को दफा ५३७ बमोजिम यी प्रतिवादीबाट दावी अनुसारको रु। २,२७,०४,४९५र( को हालको धितोपत्र बजार मुल्य बराबरको रकम क्षतिपुर्ति बापत वादी अनिलकेशरी शाहले प्रतिवादी दुमनसिंह थापाबाट दिलाई भराई लिन पाउने ठहर्छ।’

कसरी भयो क्षतिपूर्तिको हिसाब?

अदालतले धितोपत्र बोर्डबाट भएको कारोबारको आधारमा क्षतिपूतिएको मूल्यांकन गरेको छ। जसअनुसार अदालतले हालको धितोपत्र बजार मूल्य बराबरको रकम क्षतिपूर्ति पाउने फैसला गरेको छ।

त्यसअनुसार मेगा बैँकको प्रमोटर सेयरको हालको मूल्य १२६ रुपैयाँ रहेकोमा १ लाख १८ हजार ५४४ कित्ताको १ करोड ४९ लाख ३६ हजार ५४४ रुपैयाँ निर्धारण गरेको छ। त्यस्तै साधरण सेयरको ४४ हजार १५७ कित्ता पाउनेमा हालको बजार मूल्य १९९ रुपैयाँका दरले ८७ लाख ८७ हजार दुई सय ४३ रुपैयाँमा पाउनेछन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.