Advertisement

नयाँ बसपार्कको होटेलमा एक युवक मृत फेला, दुई जना पक्राउ

0 951

Advertisement

२९ चैत, काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक युवकको शव भेटिएको छ ।

स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव शनिबार राति १० बजे होटेलमा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । महानगरीय प्रहरी महाराजगञ्जका अनुसार मृतकको नागरिकताको आधारमा परिचय खुलेको हो ।

मृतकको घुडामा चोट लागेको तर, शरीरका अन्य ठाउँमा कुनै चोटपटक नलागेको बताइएको छ । हाल मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

घटनामा संलग्न भएको आशंकमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेको बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.