Advertisement

‘देशद्रोह’ को आरोपमा साउदी अरबमा ३ सैनिकलाई मृत्युदण्ड

0 421

Advertisement

२९ चैत, एजेन्सी । साउदी अरबले शनिबार तीन उच्च सैनिकलाई ‘देश द्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार संस्था ‘साउदी प्रेस एजेन्सी’ले प्रकाशित विज्ञप्तिमा भनेको छ, “सेनाले ‘शत्रुलाई सहयोग पुर्याई’ देशद्रोहको अपराध गर्ने तीन सैनिकलाई मृत्युदण्ड दिने ठहर गरेको छ ।”

विज्ञप्तिमा सैनिक अधिकारीहरू, मोहम्मद विन अहमद, साहेर विन इसा र हमद विन इब्राहिम लाई, उनीहरूले कोसँग राज्य विरोधी गतिविधि गरे भन्ने नखुलाईकन मृत्युदण्डको फैसला सुनाइएको हो ।

यो घोषणा ३५ वर्षीय उत्तराधिकारी साउदी राजकुमार मोहम्मद विन सलमानले सिंहासनका लागि आफूलाई सशक्त बनाउने क्रममा आएको हो । यही समय साउदी अरबले छिमेकी राष्ट्र यमनमा सैन्य अभियानलाई सशक्त बनाउन थालेकोले पनि यमनविरूद्धको अभियानमा उनीहरूले सशक्त भूमिका निर्बाह नगरेको अपुष्ट आरोपहरू सुनिँदै आएका थिए ।

प्रिन्स मोहम्मदलाई पहिले देखि नै देशको नयाँ नेतृत्वको दाबेदारका रूपमा हेरिन्छ । उनले सरकारको सबै प्रमुख संयन्त्रहरूका साथै अर्थव्यवस्थामा नियन्त्रण जमाएको बताइने गरिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.