Advertisement

पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सुवेदी निर्वाचित

0 577

Advertisement

२७ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन् । सुवेदी अत्याधिक मतले विजयी भएका हुन् । सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । उपाध्यक्ष (खुल्ला)मा रामचन्द्र दुलाल विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष महिलामा अप्सरा गौतम विजयी भएकी छन् । उनले ५८८ मत प्राप्त गरेकी छन् । सचिवमा महेश्वर गौतम विजयी भएका छन् । उनले ४३३ मत प्राप्त गरेका छन् । सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन् । उनले ५८२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।

त्यस्तै निर्वाचित हुने सदस्यहरूमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन् । त्यस्तै निर्वाचित हुनेमा सदस्य (मधेसी) मिनाकुमारी यादव, सदस्य (दलित) शोभा नेपाली, सदस्य (अन्य समावेशी) दिपक काफ्ले, सदस्य (महिला) शोभा अर्याल, सदस्य (आदिवासी जनजाति) सुवासकुमार सुनार रहेका छन् । बुधबार भएको निर्वाचनमा काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.