Advertisement

प्रधानमन्त्री पदको फूर्ति नलगाए हुन्छः नेपाल

0 522

Advertisement

२२ चैत, काठमाडौँ । नेपाल-खनाल समूहका नयाँ पदाधिकारी चयाँन, नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पर्सी मंगलबार बागमती प्रदेश कमिटीको पदाधिकारी घोषणा गर्ने भएको छ ।

२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेको दिन पारेर चैत २४ गते बिहान ११ बजे सिद्धिगणेश पार्टी प्यालेस,बल्खुमा आयोजना गरिने कार्यक्रममा पदाधिकारी घोषणा गर्न लागिएको बताइएको छ ।

बामदेव गौतम र हामी एउटै ठाउँमा उभिदै छौंः माधवकुमार नेपाल
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू र बामदेव गौतम एकै ठाउँमा उभिने खुलासा गरेका छन् । उनले गौतमसमेत एकै ठाउँमा उभिएपछि आफूहरु सशक्त हुने दाबी गरे ।

‘बामदेव गौतम र हामी एकै ठाउँमा उभिदैछौं,’
नेपालले आज राजधानीमा आयोजित भेलामा भने,‘हामी झन् बलियो हुनगइरहेका छौं ।’
बामदेव गौतमसमेत आएपछि आफूहरुको पक्षमा ९७ जना केन्द्रीय सदस्य रहने बताए । स्थायी कमिटीमा २२ मध्ये १२ जना आफूहरुको पक्षमा रहेको र पोलिटब्युरोमा ४४ मध्ये २४ जना पक्षमा रहेको दाबी गरे ।

आफूहरु संगठनका हिसाबले कमजोर नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जाल झेल गरेर नवौं महाधिवेशनमा अध्यक्षमा जित हासिल गरेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री पदको फूर्ति नलगाए हुन्छ ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.