Advertisement

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर कोरोना पुष्टिभएकाे ६ दिनपछि अस्पताल भर्ना

0 433

Advertisement

२० चैत, नयाँ दिल्ली । कोरोना भाइरस संक्रमित भारतका पूर्व राष्ट्रिय क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् ।

सचिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् आफू अस्पताल भर्ना भएको शुक्रबार बिहान जानकारी गराएका हुन् ।

‘चिकित्सकको सल्लाहअनुसार म अस्पताल भर्ना भएको छु’, उनले लेखेका छन्, ‘आशा छ केही दिनमै घर फर्किनेछु ।’

सचिनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबैलाई हार्दिक धन्यवाद’, उनले ट्वीटरमा लेखेका छन् ।

४७ वर्षीय सचिनलाई शनिबार कोरोना संक्रमण भएको थियो । कोरोनाका सामान्य लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएपछि उनी होम आइसोलेसनमै थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.