Advertisement

आलिया भट्टलाई कोरोना संक्रमण

0 946

Advertisement

२० चैत, एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । बिहीबार राति आलियाले आफूलाई कोरोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन् ।

उनले इन्स्टाग्राम पोस्टमा कोरोना परीक्षणमा आफूलाई पोजिटिभ देखिएको र आफू चिकित्सकको सल्लाहबमोजिम सुरक्षा प्रोटोकल पालन गर्दै होम क्वारेन्टाइनमा बसेको बताएकी छिन् ।

यसअघि अभिनेता आमिर खान र गायक बप्पी लहिरीलाई पनि कोरोना पुष्टि भएको थियो । आमिर कोरोना पोजिटिभ भए पनि आफूलाई त्यस्तो कुनै जटिल समस्या नदेखिएको बताएका थिए । उनी होम क्वारेन्टाइनमै बसेका छन् । ६८ वर्षीय लहिरीलाई भने हल्का लक्षण देखिएकाले मुम्बईस्थित एक अस्पतालको आईसीयूमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र भइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ७२ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.