Advertisement

सन्त नेतालाई श्रद्धापूर्वक स्मरण गर्दै, मेलम्चीलाई स्वागत

0 1,445

Advertisement

२० चैत, काठमाडौं । काठमाडाै उपत्यकाबासीलाई बिशेष बधाई । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं तत्कालीन प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईले काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची नदीको पानी ल्याउने उद्घोष गरेको परियोजना अन्तत आजको समयमा साकार हुन पुगेको छ । यो घडि नेपाली कांग्रेस सन्त नेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौ उपत्यकाबासीमा बिशेष बधाई ज्ञापन गर्दछ ।

मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्वपूर्ण योगदान त पु¥याउंदैछ नै संगैमा यो सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नविन परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको छ । नेपाली कांग्रेसको सरकारले शुरु गरेको परियोजना अनेक प्रतिकुलता चिर्दै सफल हुन निश्चय नै दुई दशक भन्दा बढि समय लाग्यो, तर यो सफलता उपत्यकालाई संगै पुरै देशका लागि हर्ष र गौरवको घडि बनेको छ । यो घडीमा सन्त नेता किसुनजीलाई संगै यसको शुरुआत देखि सफलतासम्म सरिक सबैलाई हामी सम्मानपूर्वक स्मरण गर्दछौं…

  • सक्षम इन्जिनियरहरुले निर्माण गरेको उत्कृष्ट डिजाइन ।
  • आर्थिक र भौतिक सहयोग गर्ने वैदेशिक हातहरु ।
  • प्रगतिमा इंटा थप्ने पछिल्ला सरकारहरु एवं राष्ट्रसेवक कर्मचारीहरु ।
  • अहोरात्र पसिना बगाएका मेहनति श्रमिकहरु ।
  • सुरुङ्ग निर्माण सिलसिलामा दुर्घटनामा जीवन गुमाएका इन्जिनियर र श्रमिकहरु ।
  • परियोजना सफलताका लागि सहृदयी ढंगले साथ दिएका सिन्धुपाल्चोक जिल्लाबासी एवं मुलत मेलम्चीका स्थानीय नागरिकहरु ।

नेपाली कांग्रेस सबैलाई सम्मान गर्दै, फेरि पनि सन्त नेता कृष्णप्रसाद भट्टराईको श्रद्धापूर्वक स्मरण गर्दै उपत्यकाबासीमा फेरि पनि बधाई ज्ञापन गर्दछ । परियोजनाको भविष्य सुरक्षीत र सफल बनाउन सबैको साझा प्रतिबद्धता, ऐक्यवद्धता र साथका लागि समेत नेपाली कांग्रेस सबैलाई अपील गर्दछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.