Advertisement

सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी बन्यो आईएमई, चौथो पटक सम्मानित

0 422

Advertisement

२० चैत, काठमाडौं । आइएमई रेमिट विप्रेषण तर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएकाे छ । आन्तरिक राजस्व विभागद्वारा बिहीबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरे ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । बिहीबार आन्तरिक राजश्व कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई रेमिटलाई सम्मान गरेको हो ।

यो कुराको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड १९ कारण कार्यक्रमहरु गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिकरुपमा हुन सकेको थिएन ।

यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । विभागले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आज आइएमई सहित ती कम्पनीहरुलाई सम्मान प्रदान गरेको हो ।

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिट्यान्स बैंकिङ्ग सञ्जालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा २० वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिट्यान्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ ।

आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो । संस्थाका कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सजिलो भएको कम्पनीको ठहर छ ।

संसारका विभिन्न देशमा रहेको यो कम्पनीको यही सेवाका कारण धेरै जसो विदेशमा तथा स्वदेशमै रहेका नेपाली नागरिकहरुमाझ पनि आइएमआई गर्ने भन्ने एउटा पर्याय नै भएको पाइन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.