Advertisement

राष्ट्रिय रिङ रेस्लिङको तयारी पूरा

0 621

Advertisement

२० चैैैत, पोखरा । पोखरामा दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शुक्रबार सुरु हुँदैछ । प्रतियोगिताका लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै पोखरा आइसकेको र तयारी पूरा भएको जानकारी दिइन् ।

श्रेष्ठले राखेप, गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका लगायतको सहयोग रहेको प्रतियोगिताको झन्डै २९ लाख रुपैयाँ खर्च हुने बताइन् । पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नुवाकोटे टाईगर, थागु, द यूव, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, सोफी, दिलाशा, चट्टान, लेडी एञ्जल, किङ रोवर्ट, तन्नु, सिजे, यूविएल, एससी, हुम्ली फाइटर, योगी, जोन लगायत महिला तथा पुरुष खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उपाधि विजेताले १ लाख रुपैयाँसहित च्याम्पियन वेल्ट तथा दोस्रो खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघले पोखरामा २०७३ सालमा पहिलो संस्करण आयोजना गरेको स्मरण गर्दै श्रेष्ठले भनिन्, हामीले २०७४ सालमा नेपाल भारत मैत्रिपुर्ण खेल र अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेका थियौं ।

पत्रकार सम्मेलनमा राखेपका कार्यकारी सदस्य यकेन्द्र कुवँर, राखेप सदस्य राजेश गुरुङलगायतले प्रतियोगिताको सफलताको कामना गरे ।
श्रेष्ठले रिङ रेस्लिङ खेलको विकास तथा विस्तारका लागि खेलाडीको उत्पादन सँगै निरन्तर रुपमा तालिमको व्यवस्थापन गर्न रिङ रेस्लिङ्ग एकेडेमीकोे स्थापना समेत गरिएको बताइन् ।

एकेडेमीमा रेस्लर नुवाकोटे टाइगर (कमल तामाङ्ग)ले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । संघले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने व्यवस्था समेत गरेको र खेलाडीलाई विदेशमा समेत सहभागी गराउँदै आएका श्रेष्ठले जनाईन् । शुक्रबार र शनिबार हुने २ दिने प्रतियोगितामा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रेफ्रीको भूमिका निर्वाह गर्ने छन् । हास्य कलाकार सन्दिप क्षेत्रीको विशेष प्रस्तुति समेत रहने बताइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.