Advertisement

मुद्दती निक्षेपमा दुई अर्ब लगानी

0 274

Advertisement

१७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले करिब दुई अर्ब रुपियाँ बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।
राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ९३ करोड ६४ लाख रुपियाँ वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीहरूको ३६७ दिने निक्षेपमा लगानी गर्न लागेको हो ।

उपदान तथा पेन्सन कोषको रकम ‘क’ वर्गका वाणिज्य बैङ्कमा एक अर्ब ५४ करोड ९२ लाख रुपियाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा २९ करोड चार लाख रुपियाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा नौ करोड ६८ लाख रुपियाँ गरी कुल एक अर्ब ९३ करोड ६४ लाख रुपियाँ लगानी गर्न लागेको राष्ट्र बैङ्कले जनाएको छ ।

आगामी वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म ३६७ दिनका राख्न लागेको निक्षेप लिन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी चैत १८ गते २ बजेभित्र सिलबन्दी प्रस्ताव पेस गनुपर्ने राष्ट्र बैङ्कले
जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने सर्त केन्द्रीय बैङ्कले अगाडि सारेको छ ।
कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने तथा आव २०७६÷७७ मा सञ्चालन मुनाफामा रहेको तथा रियल स्टेट कर्जा बैङ्कबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने राष्ट्र बैङ्कले सोमबार जारी गरेको परिपत्रमा
उल्लेख छ ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने राष्ट्र बैङ्कको सर्त छ ।

शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने राष्ट्र बैङ्कको सर्त छ । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.