Advertisement

भारतमा चौबीस घण्टामा ६३ हजार सङ्क्रमित

0 254

Advertisement

१५ चैत्त, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसको दोस्रो लहरको प्रकोप नियन्त्रणबाहिर जान थालेको छ । पछिल्लो चौबीस घण्टामा भारतमा करिब ६३ हजार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

भारतमा शुक्रबार एकैदिन ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । उक्त अवधिमै २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेको संख्या संक्रमित हुनेभन्दा अत्यन्तै थोरै भएपछि सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३१२ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड १९ लाख ७१ हजार ६३४ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
एक करोड १३ लाख २३ हजार ७६२ जना सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८६ हजार ३१० रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६१ हजार ५५२ पुगेको छ ।

भारतमा कुल छ करोड दुई लाख ६९ हजार ७८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.