Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

होलीमा १६०९ सवारी चालक कारबाहीमा, ४ सय ६८ वटा दुई पांग्रे सवारी होल्ड

0 81

१५ चैत्र, काठमाडौँ । ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने एक हजार भन्दा बढी सवारी चालकलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङ्ग्रे नौ सय ५० र ५० वटा चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरिएको जानकारी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले मादक पदार्थ सेवन गरी सवारी चलाउने ५१ जनालाई कारवाही गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

साथै मोटर साइकलमा दुई भन्दा बढी जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । साथै यस बर्षको होली गत बर्षहरुको तुलनामा कोरोनाका कारण सामान्य रहेको समेत उहाँले जानकारी दिनुभयो ।

यस अघिका बर्षमा ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाउने गरिएको भए तापनि यसपाली भने त्यस्ता ठूला औपचारिक कार्यक्रमको आयोजना गरिएको पाइएन । प्रहरीले औपचारिक कार्यक्रमको आयोजना गरेर होली नखेल्न आग्रह गरेको छ । यसपाली आम नागरिकले आ–आफ्नै परिवारका साथ घरभित्र होली खेलेर मनाइएको पाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको जनाएको छ ।

दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गरेको हो । महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढि स्थानहरुमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यबस्था मिलाएको थियो ।

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले होली पर्वलाई लक्षित गर्दै उपत्यकाभर चेक प्वाइन्ट राखिएको बताउँदै विशेषगरि होली मनाउन उच्छृङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीब्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरि बाइक हुँइक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउने जस्ता गतिविधिमा संलग्न चालकहरू उपर निगरानी बढाई कडाईका साथ कारबाही गरिएको बताए ।

उनले रङ्गहरुको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर हाम्रो चेकिङ्लाई कडा बनाइएको बताए ।

महाशाखाले बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि सवारी चलाउने ५४ जनालाई कारबाही गरेको जनाएको छ । यस्तै बिना हेल्मेट, तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने १६०९ सवारी चालकहरुलाई कारबाही गरि छाडेको र होहल्ला गरि सवारी चलाउने, जबरजस्ती रंङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पांग्रे र ४ सय ६८ वटा दुई पांग्रे सवारी साधन होल्ड गरिएको महाशाखाले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा आज दिनभरमा २१ वटा सामान्य किसिमका दुर्घटनाहरु भएको महाशाखाले जनाएको छ । एयरपोर्टमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी पैदलयात्री शितला सिंहको केएमसि र बुढानिलकण्ठमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई भएको दुर्घटनामा घाइते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.