Advertisement

कांग्रेसद्वारा जोशीको निधनमा शोक प्रस्ताव पारित, राष्ट्रपतिद्वारा दुःख व्यक्त

0 362

Advertisement

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै जोशीको निधनबाट पार्टीले एक कुशल संगठक र र सिंगो मुलुकले एक क्षमतावान नेतृत्व गुमाएको जनाएको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्वर्गीय नेता जोशीको निधनमा चैत्र १५ गतेदेखि १७ गतेसम्म तीन दिन पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । यसैगरि ती दिनहरुमा शोकका कार्यक्रम बाहेक पार्टीका अन्य औपचारिक कार्यक्रमहरु नगर्ने र चैत्र १७ गते मंगलबार केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेता जोशीको उपचारकामा क्रममा शुक्रबार राति निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरियो ।स्व जोशीको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि आज दिउँसो पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसबखत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले स्वर्गीय नेता जोशीप्रति श्रद्धान्जलि प्रकट गरेका थिए । गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । विसं २०१९ सालको असारमा काठमाडौँमा जन्मनुभएका नेता जोशी २०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपतिको शोक सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनमा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ट्वीट गर्नुहुँदै इमान्दार एवं स्वच्छ छवि भएका जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाउनुभएको छ । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपति भण्डारीले शोकसन्तप्त परिवारमा समवेदना प्रकट पनि गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.