Advertisement

खोज पत्रकारिता के हो? र कसरी गर्ने?

0 1,053

Advertisement

१४ चैत, काठमाडौं । खोज पत्रकारिता यस्तो खालको पत्रकारिता हो जसमा रिपोर्टरले एउटा विषयमा गहन रूपले खोज गर्छ । यसरी तयार भएको स्टोरीले भ्रष्टाचार उदाङ्गो पार्छ, सरकार अथवा कर्पाेरेट हाउसहरूको नीतिको समीक्षा गर्छ अथवा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक चलनप्रति मानिसको ध्यानाकर्षण गराउँछ ।

एउटा विषयमा खोज गर्न खोज पत्रकार अथवा खोज पत्रकारको समूहलाई धेरै महीना अथवा वर्ष लाग्न सक्छ । सामान्य खालको रिपोर्टिङ गर्दा रिपोर्टर सरकार, गैरसरकारी संस्था अथवा अन्य संस्थाहरूले दिएका जानकारीमा भर पर्छन् भने खोज पत्रकारले आफ्नानै सक्रियतामा सूचना खोज्छन् । खोज पत्रकारको लक्ष्य जानाजान लुकाएर राखिएका वा अन्जानमै लुक्न पुगेका जानकारी बाहिर ल्याउनु हो ।

खोज पत्रकारले सार्वजनिक सरोकारका विषयमा गहन खोज गर्नुपर्छ । सार्वजनिक सरोकार भन्नाले त्यस्ता विषयलाई जनाउँछ जसका बारेमा थाहा नपाउँदा आम मानिसलाई बेफाइदा पुग्छ अनि थाहा पाउँदा आम मानिसलाई फाइदा पुग्छ । कहिलेकाहीं, कुनै जानकारी बाहिर आउँदा एउटा समुदायलाई फाइदा र अर्काे समुदायलाई बेफाइदा हुन सक्छ ।

उदाहरणका लागि, असंगठित किसानले उत्पादन गरेको तरकारीको वास्तविक बजार मूल्य थाहा पाएको खण्डमा किसानले बिचौलियासँग बढी मूल्य माग्न सक्छन् । तरकारी बिचौलिया यस्तो जानकारी किसानसम्म नपुगोस् भन्ने चाहन्छन् । ‘राष्ट्रिय हित’ र ‘सार्वजनिक हित’ का बीचमा कहिलेकाहीं भिन्नता हुन सक्छ । सरकारले ‘राष्ट्रिय हित’ का नाममा गैरकानूनी, खतरनाक अथवा अनैतिक कामलाई सही ठह¥याउन सक्छ अथवा त्यस्ता विषयमा रिपोर्टिङ गर्न पत्रकारलाई हतोत्साहित पार्न सक्छ ।

खोज पत्रकारिता हतारमा गरिने पत्रकारिता होइन । खोज पत्रकारिता गर्नका लागि योजना, अनुसन्धान र रिपोर्टिङका स्थापित प्रक्रिया अपनाउनुपर्छ, सत्यता र प्रमाणसम्बन्धी सर्वस्वीकृत मापदण्ड अपनाउनुपर्छ । खोजमूलक रिपोर्टिङका कामको नेतृत्व पत्रकार÷पत्रकारको टोलीले गर्नुपर्छ, अर्काको पहलमा थालिएको रिपोर्टिङ खोज पत्रकारिता हुँदैन । कुनै विषयमा प्रारम्भिक सूचना पाइसकेपछि पत्रकारले त्यस विषयमा आफ्ना मान्यता बनाउँछ, थप अनुसन्धानका लागि योजना बनाउँछ, त्यस विषयमा कस्ता प्रश्न सोध्नु सान्दर्भिक हुन्छ भन्ने कुरा तय गर्छ र आफ्नानो मान्यताका पक्ष र विपक्षका जानकारी खोज्न थाल्छ ।

खोज पत्रकारले आफैंले देखेका र खोजेका जानकारीको विश्लेषण गरेर प्रमाण जुटाउनुपर्छ । सामान्य खालका रिपोर्टिङ गर्ने पत्रकारले आफूले पाएका जानकारीलाई जसरी पुष्टि गर्छ खोज पत्रकार त्यतिमा सीमित हुनुहुँदैन । स्टोरीमा नयाँ जानकारी हुनुपर्छ अथवा पहिल्यै बाहिर आइसकेका जानकारीलाई पनि यस किसिमले प्रस्तुत गर्नुपर्छ जसबाट ती जानकारी कति सान्दर्भिक छन् भन्ने कुरा स्थापित होस् । कुनै एउटा स्रोतबाट अचम्म लाग्दा जानकारी पाउन सकिएला, अहिलेसम्म लुकाइएका जानकारी नयाँ दृष्टिकोण थाहा पाउन सकिएला तर उसबाट पाएका जानकारी अनुभव, कागजात र अन्य व्यक्तिबाट पुष्टि नभएसम्म र ती जानकारीले के अथ्र्याउँछन् भन्ने व्याख्या नगरेसम्म त्यो खोज पत्रकारिता हुँदैन ।

खोजमूलक रिपोर्टिङका लागि धेरै स्रोत, सामूहिक प्रयास र दिनैपिच्छे गरिने रिपोर्टिङका लागि भन्दा बढी समय चाहिन्छ । धेरै खोजमूलक स्टोरी पत्रकारहरूको टोलीले तयार गरेका हुन्छन् । तर समय, पैसा र स्टाफ अनि विशेष सीप कम भएका साना, स्थानीय र सामुदायिक सञ्चारमाध्यमका लागि खोज पत्रकारिता गर्न समस्या हुनसक्छ । खोज पत्रकारिता गर्नका लागि पत्रकारले अरूबाट अनुदान लिनुपर्ने हुनसक्छ । आफ्नानो सञ्चारमाध्यमभन्दा बाहिरका दक्ष मानिसको सहायता लिनुपर्ने हुनसक्छ ।

समूहमा मिलेर गरिने खोज पत्रकारिताका पक्ष र विपक्षमा कंगोका पत्रकार सेज–फिडेल गायालाका विचार:

धेरै अखबार विभिन्न स्वार्थका आधारमा चलेका हुन्छन् । त्यस्ता अखबार शुरू गर्न निश्चित स्वार्थ भएका व्यक्ति वा संस्थाले पैसा दिएको हुनसक्छ । यस्तो अवस्थामा सम्पादक मुख्य तारो बन्छन् । अथवा सम्पादकले नै खोज गर्न नदिन सक्छ । यस्तो वातावरण भएका सञ्चारमाध्यममा काम गर्ने युवा रिपोर्टरलाई खोजमूलक स्टोरी तयार गर्न कठिन हुन्छ ।”

“फरक फरक सीप भएका मानिसहरूको सानो समूहमा मिलेर काम गर्दा फलदायी हुन्छ । जस्तै, कोही फिल्डको अनुसन्धान गर्न, कोही अनुसन्धान र कागजातमा भेटिने जानकारी बटुल्न र कोही लेखनमा दक्ष होओस् । कुनै घटनाको समाचार झट्ट ब्रेक गर्नका लागि समूहमा काम गर्दा राम्रो हुनसक्छ तर हामीले काम गर्ने सबै सञ्चारमाध्यम स्वच्छ छन् भन्न सकिंदैन । उद्योगपति, व्यापारी अथवा नीतिनिर्माताले पत्रकारलाई धम्की अथवा पैसा दिएर आफ्ना पासोमा पार्न सक्छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.