Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पल्सर २२० मा देखियो परिमार्जन

0 72

१४ चैत, काठमाडौं । बजाजले आफ्नो पल्सर सिरिजकै सबैभन्दा ठूलो मोटरसाइकल २२० एफको २०२१ मोडल बजारमा उतार्न लागेको छ । केहि दिनअघि पल्सर १५० को २०२१ मोडल बजारमा ल्याएको कम्पनीले २२० एफको नयाँ मोडल ल्याउन लागेको हो ।

विशेषत नयाँ कलर अप्सनसहित केहि कस्मेटिक परिमार्जन यसमा पाउन सकिन्छ । नयाँ परिमार्जनले पल्सर २२० एफलाई पहिलेभन्दा आकर्षक देखाएको छ । नयाँ पल्सर २२० एफमा दुई नयाँ कलर अप्सन पाउन सकिन्छ । म्याट व्ल्याक बडी प्यानल र रातो रङको प्रयोग ग्राफिक्समा गरिएको छ । अर्को म्याट ह्वाइट बडी कलर र व्ल्याक सेड प्रयोग गरिएको छ ।

बजाजले युटुबमा यसको भिडियो सार्वजनिक गर्दै नयाँ २२० एफको विषयमा जानकारी दिएको हो । सेमी फेयर रोडस्टर लुक्समा आउने २२० एफ कम्पनीको सबैभन्दा पुरानो मध्यको एक मोडल हो ।

२२० सीसी क्षमताको सिंगल सिलिण्डर, आयल कुल्ड इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले ८५०० आरपीएममा २०.११ बीएच पावर र ७००० आरपीएममा १८.५५ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध रहेको छ ।

१७ इन्चको अलोय ह्वील, अगाडि टेलिस्कोपिक फर्क र पछाडि डुअल शक एब्जर्बर, डिस्क ब्रेक, एबीएस, सेमी डिजिटल इन्ट्रुमेन्ट कन्सोल, प्रोजेक्टर हेडल्याम्प, १५ लिटरको इन्धन ट्याङ्की जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

नेपाली बजारमा सार्वधिक सफल यो मोटरसाइकल सहरी, पहाडी र तराईका सबै भूभागमा उत्तिकै मनपराइएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर २२० एफको मूल्य ३ लाख ४७ हजार ९०० रुपैयाँ रहेको छ ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.