Advertisement

पुर्व वडाअध्यक्षद्वारा आफ्नै १४ वर्षकाे छाेरीलाई गर्भधारण गराए

0 312

Advertisement

१३ चैत, बाग्लुङ । हाम्रो समाजमा यस्ता कंलित पात्र पनि छन्, जसले सुन्दा पनि शरीर नै सिरिङ्ग हुने खालका कुकर्म गर्न पछि पर्दैनन् । तिनै कुकर्मीको पात्र मध्येका एक हुन् बाग्लुङका एक बृद्ध, जसको उमेर अन्दाजी ६५ बर्षको भयो ।

रेसुङ्गा  नगरपालिका वडा नम्वर ८ को बुढीचौर गाउँमा बस्दै आएका (नाम गोप्य राखिए) अन्दाजी ६५ बर्र्षीय बृद्धले आफ्नै १४ बर्षीया छोरीलाई गर्भधारण गराएको घटना आज (शुक्रबार) दिउँसो प्रहरीले सार्वजनिक गरेको हो ।

सदरमुकाम तम्घासबाट करिब १५ मिनेट पैदल हिडेर पुगिने उक्त बुढीचौर गाउँमा आफ्नै बाबुद्धारा किशोरी पटक–पटक बलात्कृत हुँदा पनि आफ्नै परिवार र छिमेकीबाट गुहार नपाएर बसेको यो घटनाले छोरीहरु कति असुरक्षित छन् ? प्रष्ट हुन्छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुर्षोत्तम प्रसाद पाण्डेले पीडित किशोरीकी आमाको जाहेरी हिजो विहीबार परेपनि निज बाबु बाग्लुङ्ग पुगेका थिए । तर, सूचनाको आधारमा त्यहाँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर उनलाई आजै अदालतमा म्याद गर्न लागिएको जानकारी दिए ।

‘प्रहरीलाई जाहेरी हिजो आएको हो । निज बाबु बाग्लुङ्ग पुगेका रहेछन् । उनलाई बाग्लुङ्गबाटै नियन्त्रणमा लिएर अहिले भर्खर म्याद थप गर्नका लागि जिल्ला अदालत पठाएका छौं । यति बेला सायद म्याद थप पनि भइसकेको होला ।’

डीएसपी पाण्डेले उमेर यकिन भइनसके पनि पीडित किशोरीकी आमाका अनुसार बाबुको उमेर अन्दाजी ६५ बर्षीय रहेको पाइएको छ । पटक–पटक आफ्नै छोरीलाई बलात्कार गरेर करिब २० हप्ताको छोरीको पेटमा गर्भ रहेको पनि उनले बताएकी छन् ।

छिमेकीका अनुसार भर्खर १३ पुगेर १४ बर्षको उमेरमा पाइला टेकेकी छोरीलाई बाबुले कुट्ने मार्ने धम्की दिदै आएका थिए । रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले ती ब्यक्ति विगत १५÷१६ बर्ष देखि बाग्लुङ्गको निसीखोला गाउँपालिका वडा नम्वर ६ बाट आएर बुढीचौरमा धामी काम गर्दै बसेका थिए ।

वडाअध्यक्ष भलामी भन्छन्, ‘परिवारलाई छोरी गर्भधारण गराएको कुरा बाहिर ल्याए कुट्ने, मार्ने धम्की दिदै निकै दमन गरेर राखेका रहेछन् । कक्षा ६ मा पढ्ने उनका बारेमा विद्यालयले यो कुरा बाहिर ल्याएपछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.