Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

रंगहरूको पर्व फागु अर्थात् होली आजदेखि विधिवत रुपमा सुरु

0 79

०८ चैत, काठमाडौं । रंगहरूको पर्व फागु अर्थात् होली आजदेखि विधिवत रुपमा सुरु भएकाे छ । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो।

बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको छ। फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ।

करिब ३० फिट अग्लो चीरलाई काठमाडौंका धालसिक्व टोलका मानन्धरहरूले ठड्याउने चलन छ। रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागु पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि फागु वा होली पर्व सकिने मान्यता छ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.