Advertisement

१२० वाट चार्जिङसहित रेडमी नोट ११ टी प्रो सिरिज सार्वजनिक

0 406

Advertisement

१२ जेठ, काठमाडौं । रेडमी नोट ११ टी प्रो प्लस र रेडमी नोट ११टी प्रो मंगलबार सार्वजनिक भएको छ। दुवै नयाँ रेडमी नोट फोन ट्रिपल रियर क्यामरा र १४४ एचजेड डिस्प्लेबाट सुसजिज्त छ।

रेडमी नोट ११टी प्रो प्लस र रेडमी नोट ११ टी प्रो दुवै फोनले अक्टा कोर मिडियाटेक डाइमेनसिटी ८१०० चिपसेटबाट सञ्चालित हुन्छ। नोट ११ टी प्रो प्लसमा एस्ट्रो ब्याई इडिसन पेश गरिएको छ। जुन एनिमेटेड सुपरहिरो फिल्मको ब्राण्डिका साथ एक विशेष गिफ्ट बक्समा आउँछ।

रेडमी नेट ११ टी प्रो प्लस ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २४ हजार ४०० भारु, ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २६ हजार ८०० भारु र टप अफ द लाइन ८ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य २९ हजार १०० भारु तोकिएको छ।

रेडमी नोट ११ टी प्रो ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २० हजार ९०० भारु, ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २३ हजार ३०० भारु र ८ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य २५ हजार ६०० भारु तोकिएको छ।

दुवै फोन एटोमिक सिल्भर, मिडनाइट डार्कनेस र टाइम ब्लू शेड्समा उपलब्ध छ। फोन हाल चीनमा प्रि-बुकिङका लागि उपलब्ध छ भने बिक्री ३१ मेबाट गरिनेछ।

रेडमी नोट ११ टी एस्ट्रो ब्वाई इडिसन ८ जीब र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। यसको मूल्य २९ हजार १०० भारु तोकिएको छ। यो फोन १८ जूनबाट बिक्रीका लागि उपलब्ध हुनेछ र यो केबल १० हजार युनिट मात्र बिक्रीका लागि उपलब्ध छ।

रेडमी नोट ११ टी प्रो प्लस स्पेसिफिकेसन

रेडमी नोट ११ टी प्रो प्लस एन्ड्रोइड एमआइृयूआई १२मा आधारित छ। यसमा ६.६ इन्च (२४६० वाई १०८० पिक्सल) डिस्प्ले रहेको छ।

डिस्प्ले १४४एजजेड ७ स्टेज रिफ्रेशका साथ २७० एजजेड टच स्वापिङ रेट सर्पोट गर्छ। यसको एसपेक्ट रेसियो २०.५ः९ र एचडीआर१० सर्पोटका साथ उपलब्ध छ। फोन अक्टा कोर मिडियाटेक डाइमेनसिटी ८१०० एसओसीका साथ थर्मल म्यानेजमेन्टका लागि भ्यापर कूलिङ (भीसी) च्याम्बर पनि रहेको छ।

फोटो र भिडियोका लागि रेडमी नोट ११ टी प्रो प्लसमा ट्रिपल रियर क्यामरा सेटअप छ। जसमा ६५ मेगापिक्सलको सामसङ आईएसओसेल जीडब्ल्यू प्राइमेरी सेन्सर दिइएको छ। फोनमा अधिकतम ५१२ जीबीको स्टोरेज छ।

फोनमा कनेक्टिभिटी अप्सनका लागि ५जी, ४जी एलटीइए, वाईफाई ६, ब्लूटुथ ५.३, जीपएस/ए, एनएफसी, यूएसबी टाइप सी र ३.५ एमएम हेडफोन ज्याक छ। फोनमा डुलअ स्टिरियो स्पीकर छ।

रेडमी नोट ११ टी प्रो प्लसमा ४४०० एमएएच सिंगल सेल ब्याट्री छ। जसले १२० वाट फास्ट चार्जिङ सर्पोट गर्छ। फोन एक पटक फूल चार्ज गर्दा एक दिनभन्दा बढी ब्याट्री टिक्ने ग्याजेट३६०ले लेखेको छ। फोनलाई सुरक्षित फास्ट चार्जिङ गर्नका एउटा डेडिकेटेड सर्ज प्रोटेक्शन चिप राखिएको कम्पनीको दावी छ।

रेडमी नोट ११ टी प्रो स्पोसिफिकेसन

रेडमी नोट ११ टी प्रोमा पनि प्लस समान ६.६ इन्च डिस्प्ले र मिडियाटेक डाइमेनसिटी ८१०० प्रोसेसर छ। फोनमा ट्रिपल क्यामरा सेटअपका साथ ६४ मेगाफिक्सल आईएसओसेल जीडब्ल्यू१ प्राइमरी सेन्सर छ।

रेडमी नोट ११ टी प्रो प्लस र रेडमी नोट ११ टी प्रो बिचको मुख्य भिन्नता भनेको ५०८० एमएएच ब्याट्री र ६७ वाट फास्ट चार्जिङ रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.