Advertisement

मासिक किस्ता १९ हजार तिर्न तयार हुनेलाई दुई नयाँ कार

0 926

Advertisement

 १९ चैत्त, काठमाडौं । रेनो र डाट्सनले इन्ट्री लेवल ह्याचव्याक कारको रुपमा नेपाली बजारमा विक्री गर्दै आएको मोडल क्वीड र रेडी गो दुबै फेसलिफ्ट मोडलमा उपलब्ध रहेका छन् । मूल्य, फिचर र इन्जिनका हिसावले यी दुबै गाडी एक अर्काका कडा प्रतिस्पर्धी हुन् ।

तर, यी दुबै गाडी एउटै प्लान्टमा उत्पादन हुन्छन् । रेनो, निसान र मित्शुवीसीको ग्लोवल एलायन्स अन्तर्गत भारतमा रेनोको प्लान्टमा डाट्सनका कार उत्पादन हुने गर्छ । डाट्सन निसानको सस्ता कार उत्पादन गर्ने ब्राण्ड हो ।

यी दुबै ह्याचव्याक कारमा समान १.० लिटर क्षमताको थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । डाट्सन रेडी गोको नेपालमा दुई भेरियन्टमा उपलब्ध रहेको छ । रेडी गो म्यानुयल भेरियन्टको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने यसको एएमटी भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

रेनोले भारतमा उत्पादन गरेको सर्वाधिक सफल ह्याचव्याक क्वीड तीन भेरियन्टमा विक्री हुँदै आएको छ । कम्पनीको आरएक्सटी भेरियन्टको मूल्य २४ लाख ९९ हजार, क्लाइम्बर भेरियन्टको मूल्य २५ लाख ९९ हजार र आरएक्टी एएमटी भेरियन्टको मूल्य २६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

कति पर्छ मासिक किस्ता

यी दुबै गाडीको सुरुवाती मूल्यलाई आधार मानेर मासिक किस्ता निकाल्ने हो भने डाट्सन रेडी गोलाई कम रकम तिर्दा पुग्छ । यसको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले ७५ हजार नगद छुट दिएको छ । यसरी हिसाव गर्दा यसको मूल्य २३ लाख २४ हजार रुपैयाँ हुन आउँछ ।

व्यक्तिले गाडी खरिदगर्दा अनिर्वाय ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने ५० प्रतिशत रकम बैंकबाट कर्जा सुविधा लिन सकिन्छ । ग्राहकले डाउन पेमेन्ट वापत ११ लाख ६२ हजार रुपैयाँ तिर्नु पर्छ भने उतिनै रकम बैंकबाट कर्जा लिनु पर्ने हुन्छ ।

अहिले बैंकहरुले ९ प्रतिशत व्याजदरमा कर्जा सेवा दिदै आएका छन् । यस्तोमा ७ वर्षको लागि कर्जा लिएर रेडी गो किन्ने ग्राहकले मासिक १८ हजार ७०० रुपैयाँ हारहारी तिर्नु पर्ने हुन्छ ।

रेनोको सुरुवाती मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । जुन रेडी गोको तुलनामा १ लाख रुपैयाँ बढी हो । रेनोले पनि नयाँ वर्ष अफरभन्दै क्वीडमा ७५ हजार नगद छुट दिएको छ । ग्राहकले रेनो क्वीड किन्न चाँहदा पनि ५० प्रतिशतले हुन आउने १२ लाख १२ हजार रुपैयाँ डाउन पेमेन्ट वापत नगद तिर्नु पर्छ भने १२ लाख १२ हजार रुपैयाँ कर्जा सुविधा लिन सक्ने छन् ।

अहिलेको व्याजदर ९ प्रतिशत र ७ वर्षको लागि कर्जा लिएर गाडी किन्दा ग्राहकले मासिक १९ हजार ५०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

उसोत यति नै रकम तिरेर हुन्डाई सेन्ट्रो, सुजुकी सेलेरियो, सुजुकी एसप्रसो लगायतका गाडी पनि ग्राहकले खरिद गर्न सक्ने छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.