Advertisement

चलचित्र ‘चपली हाइट–३’ आजबाट प्रदर्शनमा

0 611

Advertisement

३० पुस, काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ आजबाट प्रदर्शनमा आएको छ । कोरोना संक्रमण सुरु हुनुभन्दा अगाडि करिब दुई वर्ष पहिला नै निर्माण गरिएको चलचित्र आजबाट रिलिज भएको हो ।

कोरोना महामारी पश्चात पहिलो पटक नेपाली चलचित्रले उच्च शोज पाएको छ । बलिउड र हलिउड चलचित्र पछि सर्दा ‘चपली हाइट–३’ले उच्च शोज पाएको हो ।

निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, जीवन भट्टराईलगायत कलाकारहरुको अभिनय रहेको छ ।

अर्जुन कुमारको लगानी रहेको चलचित्र क्राइम–थ्रिलर जानरामा निर्माण भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.