Advertisement

बैंक अफ काठमाण्डूको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा

0 428

Advertisement

१२ चैत, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यस मोबाईल बैंकिङ्ग सेवापश्चात् ग्राहकलाई डिजिटल कारोबार गर्न अझ उत्साहित गर्ने विश्वास बैंकले लिएको छ । विश्व बैंकिङ्ग बजारमा निकै नै परिचित यस ओमनिच्यानल सेवा यस बैंकका खाता बहाक ग्राहक तथा यस बैंकमा खाता नभएका सम्पूर्ण व्यक्तिले उपयोग गर्न सक्नुहुनेछ ।

यस परिस्कृत सेवाले हाल ग्राहकहरुले अनुभव गरिरहनु भएको विभिन्न समस्याहरुको निवारण गर्नेछ । हाल बैंकहरुले ग्राहकहरुलाई प्रदान गरेको मोबाईल बैंकिङ्ग सेवा प्रयोग गर्न प्रयोगकर्ताहरुले आफ्नो मोबाईलमा सम्बन्धित बैंकको एप डाउनलोड गर्न पर्नेछ तर यस बैंकको परिस्कृत सेवा मोबाईल एपबाट मात्र नभई बिना एप पनि प्रयोग गर्न सकिनेछ ।

परिस्कृत सेवाबाट ग्राहकहरुले विभिन्न बैंक खाताहरुमा खाता नम्बर वा मोबाइल नम्बर प्रयोग गरी रकमान्तर गर्न, वालेटहरुमा रकमान्तर गर्न, मोबाइल, इन्टरनेट, टेलिभिजन, विद्युत, खानेपानी तथा टेलिफोन सेवाहरुको सेवा शुल्क भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

यस्तै, आफ्नो खाताको विवरण हेर्न, बैंकको विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी लिन, ग्राहकहरुको समस्यालाई सम्बोधन गर्न बैंकको सम्बन्धित प्रतिनिधिहरुसँग भेटको लागि समय मिलाउन, डिजिटल टोकन लिन, आफ्नो पासवर्ड बिर्सिएमा आफैंले परिर्वतन गर्न, बैंकको शाखा कार्यालय तथा एटीएम सेवाहरुको जानकारी लिन, विदेशी विनिमय दरको जानकारी लिन सकिने बैंकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.