थपिए १५० संक्रमित, तीनजनाको मृत्यु
०९ चैत, काठमाडौं । कोभिड–१९ का कारण पछिल्लो २४ घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा चार हजार ४७२ को पीसीआर परीक्षण गरिएकोमा १५० जनाको नतिजा पोजिटिभ आएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ ।
हाल देशभर आइसोलेसनमा एक हजार १७ जना र क्वारेन्टिनमा ५१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।