एनपिएल: लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

१४ कार्तिक, काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए ।

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक/एक अंक बाँडेका छन् । 

क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । उक्त खेल अपरान्ह ५:०० बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको उक्त खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ । यही कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । 

You May Also Like

More From Author

+ There are no comments

Add yours