आज देशका यी स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना

२८ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ । देशका पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours