०९ असोज, काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा फेरि पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गर्दा कृष्णभीरमा भीषण पहिरो गएको थियो । पहिरो गएको स्थानभन्दा माथि २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि गत असोज १ गतेदेखि मात्रै सडकमा दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । तर, फेरि पहिरो खसेपछि सडक पुनः अवरुद्ध बन्न पुगेको छ ।


+ There are no comments
Add yours